23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeविषेश समाचारकार्की आयोगको प्रतिवेदनमा नाम परेपछि शिव परियारको मार्मिक स्पष्टीकरण :'मैले प्रश्न सोधेको...

कार्की आयोगको प्रतिवेदनमा नाम परेपछि शिव परियारको मार्मिक स्पष्टीकरण :’मैले प्रश्न सोधेको थिएँ, भ्रम फैलाएको होइन’

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं। नेपालका लोकप्रिय तथा चर्चित गायक एवं कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति”को रूपमा उल्लेख गरिएकोमा कडा आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्।

परियारले नेपाल सरकार तथा समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित प्रस्तुत गरेको उक्त स्पष्टीकरणमा आफूमाथि लगाइएको आरोप वास्तविकतामा आधारित नरहेको दाबी गरेका छन्।

वि.सं. २०८२ साल भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा देश अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा थियो। उक्त अवधिमा सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू तीव्र गतिमा फैलिरहेका थिए, जसका कारण आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना प्राप्त गर्ने अवस्था अत्यन्त अन्योलपूर्ण बनेको थियो।

विवादास्पद पोस्टको वास्तविकता

गायक परियारका अनुसार, भाद्र २४ गते सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने सूचना पटक–पटक देखेपछि उक्त विषयको सत्यता बुझ्ने जिज्ञासाले आफूले निम्न प्रश्नमूलक पोस्ट लेखेका थिए:

“हिजो बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?”

परियारले स्पष्ट पारेका छन् कि उक्त पोस्ट कुनै पनि सूचनाको पुष्टि, दाबी वा भ्रामक प्रचारका लागि नभई नेपालको संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको मौलिक हकअन्तर्गत सत्यता जाँच्ने उद्देश्यले राखिएको जिज्ञासामूलक प्रश्न मात्र थियो।

उक्त पोस्टपश्चात् आफ्ना शुभचिन्तक, दर्शक, श्रोता तथा फेसबुक फलोअरहरूबाट प्राप्त प्रतिक्रियाहरूबाट सो खबर भ्रामक र गलत रहेको स्पष्ट भएपछि परियारले तत्काल उक्त पोस्ट हटाएको जानकारी दिएका छन्।

मिडियाबाट भएको गलत चित्रण

तथापि, भाद्र २६ गतेदेखि करिब एक हप्तासम्म केही फेसबुक पेज, फेसबुक ग्रुप तथा अनलाइन सञ्चारमाध्यमहरूले उक्त पोस्टको वास्तविकतालाई बङ्याएर पूर्वाग्रही र प्रतिशोधात्मक भावनाका साथ परियारलाई “सामाजिक सञ्जालमा भ्रम फैलाउने” व्यक्तिको रूपमा चित्रण गर्दै भ्रामक समाचार प्रकाशित गरेका थिए।

परियारले आरोप लगाएका छन् कि गौरीबहादुर कार्की आयोगले सोही एकपक्षीय र भ्रामक समाचार सामग्रीहरूलाई नै आधार मानेर आफ्नो प्रतिवेदनमा आफूलाई “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति”को सूचीमा राखेको छ।

यस प्रकारको आरोपले आफ्नो संवैधानिक नागरिक अधिकार, व्यक्तिगत प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर नकारात्मक असर परेको बताउँदै परियार गहिरो रूपमा मर्माहत भएको व्यक्त गरेका छन्।

उनले नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष भ्रामक समाचारका आधारमा गरिएका निष्कर्षहरूको पुनर्मूल्याङ्कन गरी आफूमाथि भएको अन्याय सच्याउन विनम्र अनुरोध गरेका छन्। साथै आवश्यकता अनुसार सम्पूर्ण सहयोग गर्न आफू सदैव तत्पर रहेको पनि उनले जनाएका छन्।

स्पष्टीकरणसँगै परियारले उक्त विवादास्पद पोस्टको मूल स्क्रिनसट तस्बिर समेत सार्वजनिक गरेका छन्।

अन्त्यमा परियारले आफू सधैं एक सचेत नागरिक तथा कलाकारको रूपमा जिम्मेवार, प्रतिबद्ध र सकारात्मक साङ्गीतिक योगदान दिन दृढ रहेको स्पष्ट पार्दै समग्र नेपाली समाजलाई सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति सजग रहन आग्रह गरेका छन्।

भर्खरै प्रकाशित

your adv here