काठमाडौं, २५ कात्तिक । लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत रमेश पाठक, बिनोद बिसीकै रहेको छ भने स्वर पनि रमेश पाठक बिनोद बि.सी. र बेनीसा पौडेलको रहेको छ । यस गीतको छाँयाकन तथा सम्पादन ओम प्रसाइँले गरेका छन् ।
टेक लामाले निर्देशन गरेको योे गीतमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु,रिहान शंखर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । बद्लिदो परिस्थिती र अनेकौं नयाँ परम्परा भित्रिदै गर्दा आधुनिक जमानाको परिवेशलाई चिर्दै आफ्नो रीती रिवाज र परम्परा बचाउने उदेश्यले यो गीत रचना भएको छ । गीतको मिक्सिङ÷मास्टरीङ नरेन्द्र वियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।
यसै बर्ष मात्र रमेश पाठकको मायााकै पिर, तिमी नै तिमी,सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि लगाएतका गीत सार्वजकि भैसकेका छन् । साथै, बिनोद बि.सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगाएतका गीत सिर्जना भैसकेका छन् ।