काठमाडौं । नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रहँदै आएको जिनियस हिमशिखर कल्चरले त्रिपुरेश्वर, काठमाडौंस्थित म्युजिक स्कुलमा आयोजित दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा विशेष सांस्कृतिक प्रस्तुति दिएको छ।
नेपाली मौलिक कला, संस्कृति र सांगीतिक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा दसैँको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली कला र संस्कृतिको महत्त्व उजागर गरिएको थियो।
जिनियस हिमशिखर कल्चर लामो समयदेखि नेपालका विभिन्न स्थानका साथै विदेशमा समेत विविध सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदै नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ। नेपाली मौलिक सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ संस्थाले विभिन्न कार्यक्रममार्फत आफ्नो गतिविधिलाई निरन्तरता दिँदै आएको छ।
नेपाली कला र संस्कृतिको संरक्षण, कलाकारको सम्मान तथा सांस्कृतिक परम्पराको पुस्तान्तरणमा जोड दिँदै आएको संस्थाको यस प्रस्तुतिले चाडपर्वलाई कला र संस्कृतिसँग जोड्ने प्रयासलाई थप बल पुर्याएको छ।
