20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोरमेश पाठक र बिनोद बीसीको‘देउसी भैली’ गीत सार्वजनिक

रमेश पाठक र बिनोद बीसीको‘देउसी भैली’ गीत सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं, २५ कात्तिक । लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत रमेश पाठक, बिनोद बिसीकै रहेको छ भने स्वर पनि रमेश पाठक बिनोद बि.सी. र बेनीसा पौडेलको रहेको छ । यस गीतको छाँयाकन तथा सम्पादन ओम प्रसाइँले गरेका छन् ।

टेक लामाले निर्देशन गरेको योे गीतमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु,रिहान शंखर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । बद्लिदो परिस्थिती र अनेकौं नयाँ परम्परा भित्रिदै गर्दा आधुनिक जमानाको परिवेशलाई चिर्दै आफ्नो रीती रिवाज र परम्परा बचाउने उदेश्यले यो गीत रचना भएको छ । गीतको मिक्सिङ÷मास्टरीङ नरेन्द्र वियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।
यसै बर्ष मात्र रमेश पाठकको मायााकै पिर, तिमी नै तिमी,सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि लगाएतका गीत सार्वजकि भैसकेका छन् । साथै, बिनोद बि.सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगाएतका गीत सिर्जना भैसकेका छन् ।

भर्खरै प्रकाशित

your adv here