28.5 C
Kathmandu
Friday, April 17, 2026
Homeखेलकुदआईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको नेपाल र वेस्टइन्डिजबीचको अभ्यास खेल वर्षाको...

आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको नेपाल र वेस्टइन्डिजबीचको अभ्यास खेल वर्षाको कारण रद्द

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको अभ्यास खेलमा नेपाल र वेस्ट इन्डिजको खेल वर्षाका कारण रद्द भएको छ ।

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हिजो नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको थियो । वेस्टइन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाउँदै ३३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।

योसँगै नेपालको दक्षिण अफ्रिकामा १९ वर्ष मुनिको विश्वकपको तयारी पनि सकिएको छ । यसअघि नेपालले गएको शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

१९ वर्ष मुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

भर्खरै प्रकाशित

your adv here