16.1 C
Kathmandu
Tuesday, October 20, 2026
Homeप्रवासभोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोगका साथै दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न इनास...

भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोगका साथै दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न इनास पोर्चुगल

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

पोर्चुगल — नेपालमा गएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले प्रधानमन्त्री राहत कोषमा १ लाख ३१ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

समाजले संकलन गरेको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी त्यसबारे पोर्चुगलको लिस्बनस्थित नेपाली राजदुतावासमा महामहिम राजदुत श्री प्रकाशमणि पौडेलज्यु राजदुतावासका प्रथम सचिब श्री रामाबाबु नेपालज्युको उपस्थितीमा जानकारी गराएको हो । समाजका कार्यसमितिका पदाधिकारीसहितको टोली सोमबार लिस्बनस्थित नेपाली राजदूतावासको कार्यालयमा पुगेर सहयोग रकम जम्मा गरिएकोबारे जानकारी गराएको थियो ।

नेपालमा २०८३ भदौ १० गते बिहान रसुवास्थित भोटेकोशी नदीमा विनाशकारी बाढी आएको थियो । बाढीले रसुवासहित नुवाकोट, धादिङल गायतका जिल्लाका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीका कारण घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो भने धेरै परिवार प्रभावित भएका थिए । उद्धार, राहत तथा प्रभावित परिवारको पुनःस्थापनाका लागि विभिन्न निकायले सहयोग जुटाउँदै आएका छन् ।

यसै मानवीय विपद्मा परेका नेपाली नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले इनास पोर्चुगलले आर्थिक सहयोग गरेको हो । विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको सन्देश समाजको यस पहलले दिएको छ ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेर दूतावासलाई जानकारी गराउनुबाट सहयोगलाई औपचारिक र व्यवस्थित माध्यमबाट प्रभावित क्षेत्रसम्म पुर्‍याउने प्रयास गरिएको देखिन्छ । विदेशमा रहेका नेपाली संघसंस्था तथा समुदायले विपद्का बेला देखाउने सहयोग र एकताले राहत तथा पुनःस्थापनाका काममा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

इनास पोर्चुगलको यस सहयोगले बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै इनास पोर्चुगलले आइतबार लिस्बनस्थित ‘मोमेन्ट ब्रन्च क्याफे’ मा दशैं शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको थियो अध्यक्ष श्री नृपध्वज खत्री निरिपको अध्यक्षतामा शुरू भएको कार्यक्रममा समितिका पदाधिकारी इनास पोर्चुगलका लागि ग्लोबल समिति प्रतिनिधि श्री सुनिल गिरी, महासचिब भुवनदास श्रेष्ठ, उपाध्यक्ष संतोष अधिकारी तथ सलाहकार भबेश बस्नेतको शुभकामना मन्तब्य सगै कार्यक्रम समापन गरिएको थियो..

भर्खरै प्रकाशित

your adv here