16.1 C
Kathmandu
Tuesday, October 20, 2026
Homeभिडियोरमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द, संगीत र स्वरमा रहेको नयाँ गीत ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक भएको छ। पाठक र वेनिशा पौडेलको स्वर रहेको प्रेमभावमा आधारित गीतको भिडियो सार्वजनिक गरिएको हो।गीतमा रमेश पाठककै शब्द रचना तथा संगीत रहेको छ। गीतले प्रेम, सम्बन्ध र एकअर्काप्रतिको समर्पणको भावलाई प्रस्तुत गरेको छ। गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिना गुरुङ मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा प्रेमकथालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतमा रामकृष्ण थापाको संगीत संयोजन तथा विनोद महतराको रेकर्डिङ रहेको छ। भिडियोको निर्देशन रमेश पाठक स्वयंले गरेका छन् भने रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोको दृश्य सम्पादन तथा कलरिङ दिनशन शाहले गरेका हुन्।

गायनसँगै शब्द, संगीत र निर्देशनमा समेत सक्रिय रमेश पाठक पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सिर्जनशील छन्। लोक, आधुनिक तथा पप विधाका गीतमा आफ्नो सिर्जनात्मक यात्रा अघि बढाइरहेका पाठकले फरक शैली, विषयवस्तु र प्रस्तुतिमार्फत श्रोता–दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। गीतसंगीतका विभिन्न विधामा निरन्तर सक्रिय पाठकले समसामयिक, चेतनामूलक, प्रेमप्रधान, व्यावसायिक तथा मनोरञ्जनात्मक प्रकृतिका गीत प्रस्तुत गर्दै आएका छन्। आफ्नै शब्द र संगीतमा सिर्जना गर्दै त्यसलाई भिडियोमार्फत समेत प्रस्तुत गर्ने क्रममा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ उनको पछिल्लो सांगीतिक प्रस्तुति हो।

भर्खरै प्रकाशित

your adv here