20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदप्रधानमन्त्री कप : एपीएफ र मधेस, कोशी र त्रिभुवन आर्मी तथा गण्डकी...

प्रधानमन्त्री कप : एपीएफ र मधेस, कोशी र त्रिभुवन आर्मी तथा गण्डकी र सुदूरपश्चिम खेल्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन वटा खेल भइरहेका छन् । एपीएफ क्लब र मधेस प्रदेशबीचको खेल कीर्तिपुरमा भइरहेको छ ।

एपीएफ क्लब दुई खेलमा दुवै खेल जितेर चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने मधेस तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेर दुई अंकसहित सातौँ स्थानमा छ ।

मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भइरहेको छ ।

त्रिभुवन आर्मी क्लब दुई खेलमा एकमा जित र एकमा हार गरी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने कोशी प्रदेश अहिलेसम्मका तीन वटै खेल हारेर अङ्कविहीन छ ।

अहिले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा भइरहेको छ । सुदूरपश्चिम प्रदेश दुई खेलमा दुवै खेल जितेर ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने दुई वटा खेल खेलेको गण्डकी प्रदेश दुवै खेलमा हारेर अङ्कविहीन छ ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

भर्खरै प्रकाशित

your adv here