14.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeखेलकुदप्रधानमन्त्री कप : एपीएफ र मधेस, कोशी र त्रिभुवन आर्मी तथा गण्डकी...

प्रधानमन्त्री कप : एपीएफ र मधेस, कोशी र त्रिभुवन आर्मी तथा गण्डकी र सुदूरपश्चिम खेल्दै

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन वटा खेल भइरहेका छन् । एपीएफ क्लब र मधेस प्रदेशबीचको खेल कीर्तिपुरमा भइरहेको छ ।

एपीएफ क्लब दुई खेलमा दुवै खेल जितेर चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने मधेस तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेर दुई अंकसहित सातौँ स्थानमा छ ।

मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भइरहेको छ ।

त्रिभुवन आर्मी क्लब दुई खेलमा एकमा जित र एकमा हार गरी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने कोशी प्रदेश अहिलेसम्मका तीन वटै खेल हारेर अङ्कविहीन छ ।

अहिले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा भइरहेको छ । सुदूरपश्चिम प्रदेश दुई खेलमा दुवै खेल जितेर ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने दुई वटा खेल खेलेको गण्डकी प्रदेश दुवै खेलमा हारेर अङ्कविहीन छ ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

भर्खरै प्रकाशित

your adv here