25.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeचलचित्रइन्दिरा लाछिमस्यूको जीवनीमा आधारित ‘इन्दिरा घिमे मैँचा’को शुभमुहूर्त

इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित ‘इन्दिरा घिमे मैँचा’को शुभमुहूर्त

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त गरिएको छ । ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने चलचित्रको शुभमुहूर्त गरिएको हो ।

बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन छ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुनुहुन्छ । चलचित्र आगामी असोज १० गतेबाट छायांकनमा जाने बताइएको छ ।

चलचित्रको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम हुनुहुन्छ ।

नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा इन्दिरा लाछिमस्युकोसमेत अभिनय रहने छ ।

चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठ रहनुहुने निर्माणपक्षले जनाएको छ ।

शुभ मुहूर्त कार्यक्रमका प्रमुख अथिति भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले चलचित्रलाई सफलताको शुभकामना दिनुभयो ।

चलचित्रमा सङ्गीतकार निल शाक्य र ‘सुरेन्द्र श्रेष्ठ’ सङ्गीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

चलचित्रमा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायांकन रहने चलचित्रको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम व्यवस्थापक सीताराम माकः रहनुभएको छ ।

भर्खरै प्रकाशित

your adv here