17.1 C
Kathmandu
Saturday, May 2, 2026
Homeराजनीतिसहमतिको सरकार बनाउन सम्भावना र चुनौति

सहमतिको सरकार बनाउन सम्भावना र चुनौति

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

-डा.डिआर उपाध्याय,

आमनिर्वाचन सम्पन्न भई नतिजा आइसकेको छ। नेपाली जनताको आशा, भरोसालाई मूर्त रूप दिने कार्य अब राजनीतिक दलले गर्नु जरुरी छ। अब देशको बिकास र समृद्धि तर्फ राजनीतिक दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ । अब कुरा मात्र गरेर हुदैन, ब्यवहारमा देखाउनु पर्ने बेला भएको छ । अहिलेको आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत आर्जन गर्न सकेको छैन । त्यसो भएकोले अब मिलीजुली अर्थात् सहमतिको सरकार गठन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ ।

अहिलेको निर्वाचनको जनादेश राजनीतिक दलबीच मिलेर काम गर्नमा केन्द्रित छ। सबै राजनीतिक दल मिलेर जादा देशलाई फाइदा हुने देखिन्छ । दलहरु मिल्न नसके देशलाई ठूलो घाटा हुने अबस्था आउन सक्छ । समृद्धि एवं विकास नै जनताको चाहाना हो । त्यस कारण सबै राजनीतिक दल मिलेर जाँदा राजनीतिक रूपमा राम्रो हुने देखिन्छ। एकता अनि सहमति नै देश विकासको मूल मर्म हो । अहिलेको अवस्थामा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । तर उसले एकलै सरकार बनाउने जनादेश भने पाएको छैन ।

उसँग मात्र सरकार गठनका निम्ति आवश्यक पर्ने १३८ सांसदको सङ्ख्या अपुग हुन्छ। यस अवस्थामा नेपाली कांग्रेसले अन्य दल संग सहकार्य तथा सहमति गर्नु पर्ने आबश्यकता छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा, मधेश केन्द्रित अन्य केही साना दल तथा आवश्यक परे स्वतन्त्रसमेत समर्थन लिँदा सुविधाजनक बहुमत कायम हुनसक्ने अवस्था देखिन्छ । अहिलेकै गठबन्धनले सरकार निर्माण गर्ने लगभग निश्चित प्रायः छ। पाँच दल मिलेर गठबन्धनमा जाँदा मतदाताले लगभग बहुमतको अवस्थामा पु¥याएका छन्। वर्तमान सत्ता गठबन्धनका सबै राजनीतिक दल यसै गठबन्धनलाई निरन्तरता दिएर सरकार बनाउने बाटोमा अग्रसर छन ।

कुनै एक राजनीतिक दलले बहुमत ल्याउन नसके पछि सहमतिको सरकार नै आजको आबश्यकता बनेको छ । अब बन्ने सरकारले देशमा स्थिरता ल्याउनु पर्छ । तर त्यो सम्भावना भने कम छ । सहमतिको सरकार बनाउन पनि सम्भावना र चुनौति त्यतिकै छन । पाँच वर्ष नपुग्दै प्रतिनिधि सभा विघटन तथा पुनः निर्वाचनमा जाने अवस्था सिर्जना हुन नदिन सबै दलहरु गम्भीर हुनै पर्छ। विगतको गल्तिबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ ।

भर्खरै प्रकाशित

your adv here