24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeराजनीतिनयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ?

नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ?

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

-डा.डिआर उपाध्याय,

अब नेपालको राजनीति सहि ढंगले चल्नु पर्छ । हिजो जसरी चल्यो त्यसरी हुदैन । मुलुक परिबर्तनशिल छ । परिवर्तन संगै जनताका आकाँक्षा पनि बढेका हुन्छन । अब सबै भन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु सुर्धन आबश्यक देखियो । नेताहरुमा सुधार आयो भने पक्कै देश बन्छ । आज देशमा नेताहरु प्रति कार्यकर्ताको विश्वास छैन। कारण के हो भने नेताहरुले मुलुक प्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरुले जनताको मन जित्न सक्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भबिश्य बन्छ । आज देशमा विश्वासको संकट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरु त्यति सन्तुष्टि छैनन् । नेताहरुले आफना आसेपासे मात्र हेरे कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नी ।

राजनीतिका कारण हरेक कुरा बिग्रदै गएको छ । राजनीति सही बाटोमा जानु पर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सहि भयो भने मात्र सबै कुरा सहि बाटोमा आउँछ । यो बिषयमा लामो समय देखि बहस चलिरहेकै छ । तर अझै सम्म सार्थक परिणाम आउन सकेको छैन । राजनीतिमा एउटा स्थिरता, अडान र सिद्धान्त हुनुपर्छ। अहिलेको राजनीतिमा खासै सम्भावना केही देखिदैन । नयाँ पुस्ता उदाए, सरकारमा पनि गए तर परिणाम कस्तो दिने हुन त्यो त हेर्न बाँकी छ नी । अहिले नै खुसी हुने बेला होइन । खुसी त परिणाम पछि हुने हो । नयाँ पुस्ताले इमानको राजनीति गरे भने भबिश्य राम्रो हुने देखिन्छ । तर अहिले नै यसै भन्न सकिन्न । खास गरी रबि लामिछाने र राजेन्द्र लिङ्देनको अग्निपरिक्षा हो यो । दुबै उपप्रधानमन्त्री छन । हिजो बोलेका कुरा कार्यान्वयन हुन्छन की हुदैनन् जनताले पर्खेर बसेका छन ।

कुरा मात्र चर्को गर्ने की परिणाम पनि दिने ? जनताले प्रश्न गरेका छन । नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ? अब उनीहरुले मुलुक कसरी बनाउछन ? अब नेपालको राजनीति नयाँ शिराबाट जानुपर्छ। जनताका इच्छा र आवश्यकता पुरा हुनु पर्छ । जनतालाई विश्वासमा दिलाउने किसिमले काम अघि बढनु पर्छ । अहिले सम्म त्यस्तो देखिएको छैन । नयाँ अनुहारले राम्रो काम गरेर चमत्कार देखाउनु पर्छ । यदि उनीहरुले चमत्कार देखाउन सकेनन भने पछि आफै सकिन्छन । यो त इतिहासले देखाएको बाटो हो । इतिहासमा नराम्रो काम गर्ने हरु सकिदै आएका छन । अब यो भन्दा धेरै कुरा नगरौं । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा जसले फाइदा लिन खोज्छ त्यो भबिश्यमा समाप्त हुन्छ ।

राजनीति त्यति सजिलो कुरा होइन, जनताले मन नपाराए सम्म राजनेता बन्न सकिदैन । राजनेता नभए सम्म देश बनाउन सकिदैन । हाम्रो देशले राजनेताको खोजि गरिरहेको छ । अहिले सम्म राजनेता मुलुकले पाउन सकिरहेको छैन । यो कुरा म बारम्वार भनिरहेको छु । मुलुकले राज नेता नपाउनु नै दुखद कुरा हो ।

भर्खरै प्रकाशित

your adv here