19.1 C
Kathmandu
Thursday, September 24, 2026
Homeअवार्डराष्ट्रिय समावेशी म्युजिक अवार्ड : दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार...

राष्ट्रिय समावेशी म्युजिक अवार्ड : दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

“नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।

यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा समर्पित व्यक्तित्व अछामका राजेन्द्र बहादुर कुँबर, भुम्लुगाउँपालिका जितेन्द्रमान तामाङ , पत्रकार राज लुईटेल, संगीतकार तथा  गीतकार रमा भण्डारी, गीतकार तथा ईभेन्ट निर्देशक राजेन्द्र पुरी लगायतका कला,मनोरञ्जन तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु कार्यक्रममा सम्मानित हुने भएका छन् ।

गायक दोङलाई विगत चार दश देखि विषेश गरि तामाङ भाषाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको हो भने लामो समय देखि पत्रकारिताका माध्यमबाट नेपाली चलचित्र तथा गीत संगीतका क्षेत्रमा योगदान पुर्याएको भन्दै बरिष्ठ पत्रकार गिरीलाई नगद सहित पिम नेपाल रंगपत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष माधव राज खरेलले बताएका छन् ।

नेपालमा बोलिने विभिन्न भाषाभाषिमा बनेका गीत संगीत तथा भिडियोहरुका कलाकारहरुको बृहत सहभागितामा आयोजना हुदै आएको अवार्ड कार्यक्रममा ४२ विधामा अवार्ड प्रदान गरिने भएको जानकारी आयोजक पक्षले गराएको छ ।

भर्खरै प्रकाशित

your adv here