18.1 C
Kathmandu
Sunday, May 3, 2026
Homeआर्थिकब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको हो ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कर्णले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जनाएको छ ।

संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सिसि क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कर्णको निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कर्ण कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो ।

त्यही विषयलाई लिएर यो पेशमाथी आँच आउने गरी झुठा आरोप लगाई ब्युटीपार्लरमा कानून संम्बत कार्य नभएको भन्ने झुठा प्रचार गरेको, आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको भन्दै पदिय दुरुपयोग गरी संघको आजिवन सदस्य महरालाई तत्काल पक्राउ गर्न लगाएर गैह्र कानूनी रुपमा थुनामा राख्नका लागि जोडबल गरेको भन्दै संघले त्यसमा आपत्ति जनाएको छ ।

संघले मन्त्री श्रेष्ठलाई भेटी व्यवसायीलाई सुनियोजित रपमा दुख हैरानी दिएको भन्दै महराको पेशा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरुपयोग भएको र कर्णले गरेको त्यस्ता गैह्रकानूनी कार्यलाई रोकी तत्काल निलम्बन गर्न समेत माग गरेको छ । कर्णले पदको दुरुपयोग गरी गैह्र कानूनी कार्य गरेको भन्दै निलम्बन गरेर हदैसम्मको कारबाही गर्न संघले माग गरेको छ । साथै सम्मपान पूर्वक पेशा व्यवसाय सञ्चालन गर्ने वाताबरण बनाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले आफुले यो विषयलाई निकै गम्भिरताका साथ लिएको बताए । उनले पेश व्यवसाय गर्ने नागरिकको नैसर्गिक अधिकारी भएको भन्दै उक्त अधिकारी कसैले पनि हनन् गर्न नसक्ने बताए । उनले कानून भन्दा माथी कोही पनि नहुने भन्दै संघलाई निश्चिन्त भएर आफ्नो पेश व्यवसाय गर्न आग्रह गरे ।

भर्खरै प्रकाशित

your adv here