20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeआर्थिकब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको हो ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कर्णले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जनाएको छ ।

संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सिसि क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कर्णको निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कर्ण कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो ।

त्यही विषयलाई लिएर यो पेशमाथी आँच आउने गरी झुठा आरोप लगाई ब्युटीपार्लरमा कानून संम्बत कार्य नभएको भन्ने झुठा प्रचार गरेको, आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको भन्दै पदिय दुरुपयोग गरी संघको आजिवन सदस्य महरालाई तत्काल पक्राउ गर्न लगाएर गैह्र कानूनी रुपमा थुनामा राख्नका लागि जोडबल गरेको भन्दै संघले त्यसमा आपत्ति जनाएको छ ।

संघले मन्त्री श्रेष्ठलाई भेटी व्यवसायीलाई सुनियोजित रपमा दुख हैरानी दिएको भन्दै महराको पेशा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरुपयोग भएको र कर्णले गरेको त्यस्ता गैह्रकानूनी कार्यलाई रोकी तत्काल निलम्बन गर्न समेत माग गरेको छ । कर्णले पदको दुरुपयोग गरी गैह्र कानूनी कार्य गरेको भन्दै निलम्बन गरेर हदैसम्मको कारबाही गर्न संघले माग गरेको छ । साथै सम्मपान पूर्वक पेशा व्यवसाय सञ्चालन गर्ने वाताबरण बनाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले आफुले यो विषयलाई निकै गम्भिरताका साथ लिएको बताए । उनले पेश व्यवसाय गर्ने नागरिकको नैसर्गिक अधिकारी भएको भन्दै उक्त अधिकारी कसैले पनि हनन् गर्न नसक्ने बताए । उनले कानून भन्दा माथी कोही पनि नहुने भन्दै संघलाई निश्चिन्त भएर आफ्नो पेश व्यवसाय गर्न आग्रह गरे ।

भर्खरै प्रकाशित

your adv here