25.7 C
Kathmandu
Thursday, April 16, 2026
Homeशिक्षाविश्व किर्तिमानी सौगात विष्टले अध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

विश्व किर्तिमानी सौगात विष्टले अध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् ।
मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।  विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए ।

मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी गराए ।

मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकाय अध्यापन गराइन्छ ।

भर्खरै प्रकाशित

your adv here