17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeशिक्षाविश्व किर्तिमानी सौगात विष्टले अध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

विश्व किर्तिमानी सौगात विष्टले अध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् ।
मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।  विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए ।

मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी गराए ।

मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकाय अध्यापन गराइन्छ ।

भर्खरै प्रकाशित

your adv here