17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनसराना निर्देशित मस्तिष्क मृत्युपछिको अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक

सराना निर्देशित मस्तिष्क मृत्युपछिको अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो ।

१५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधारमा डाइलासिस मेसिनको संख्या थप्न मन्त्रालयले पहल गर्ने बताए । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले नरम भएर मात्र नहुने अवस्था आएको बताउदै काम नगर्ने र खटाएको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मीलाई कडा कारवाही गर्न पनि आफु पछि नपर्ने मन्त्री बस्नेतले बताए । आफुले २ महिनाको छोटो समयमा विपन्नका लागि ३५ सय शैया निशुल्क गरेको, सबै अस्पतालका १० प्रतिसत शैया विपन्नका लागि निुशल्क गरेको, वीरमा ओपिडी बिहान ८ बजेदेखि सुरु गरेको लगायतका काम गरेको बताउदै सबैको सहयोग भए २ वर्ष भित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर देखाउने बताए ।

वृतचित्र निर्माणको आवश्यकतामाथि प्रकाश पार्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमहरुको प्रयोग गर्ने क्रममा बृत्तचित्र समेत बनाइएको बताए । उनले बृत्तचित्रले अंग फेल हुने अवस्था, अंगदानको महत्वको बारेमा सरल ढंगबाट आम सर्वसाधारणलाई बुझाउन सहज हुने बताए ।

बृत्तचित्रमा नेपालमा अंगफेल हुने अवस्था के छ ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरुसंगको अन्तरसम्वाद मार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने कोशिस गरिएको छ ।

बृत्तचित्रका निर्देशक सराना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरुको सहभागिता नबढी रहेको र यसको एउटा मुख्य कारण जचनेतनाको अभाव हुनु हो भन्दै त्यसलाई चिर्नका लागि बृत्तचित्र सहयोगी हुने विश्वास व्यक्त गरिन् ।कार्यक्रममा महजोडीले पनि अंगदानका बिषयमा चर्चा गरेका थिए ।

मन्त्रालयका सचिव गुरागाईँले मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी कार्यलाई अभियानको रुपमा देशव्यापी रुपमा फैलाउनु पर्ने भन्दै यसका लागि मन्त्रालयले आवश्यक कार्य गर्ने बताईन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सिंहले ८ वर्ष लगाएर मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी नीति बनाएको भन्दै त्यसको कार्यान्वयन आजको आवश्यकता भएको बताए । कार्यक्रममा वरिष्ठ कलाकारहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here