19.4 C
Kathmandu
Thursday, April 16, 2026
Homeसमाचारमिसेस् वर्ल्ड २०२२ सरगम कौशल काठमाडौँमा

मिसेस् वर्ल्ड २०२२ सरगम कौशल काठमाडौँमा

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं । ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । उनी यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ उत्रिएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले स्वागत गरेका थिए । विमानस्थलमा आयोजित पत्रकारहरू सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताइन् । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ ।

मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुन्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु”, उनले बताइन् । मिसेस् नेपालका सबै सहभागीलाई बधाई दिँदै यो प्लेटफर्मले महिलाहरूलाई निकै धेरै कुरा सिक्न मद्दत पुग्ने बताइन् । उनले यो प्रतियोगितामार्फत विश्वमाझ विवाहित महिलाका कुराहरू राख्न सफल रहेको जिकिर गरिन् । कौशलले मिसेस् वर्ल्ड हुनु अघि र पछि उनले आफ्नो जीवनमा निकै धेरै परिवर्तन पाएको बताइन् । उनले आफ्ना पिताले सधैँ छोरीले जीवनमा केही काम गरोस् भन्ने चाहना राख्ने गरेको र आफूले त्यो इच्छा पुरा गर्न सकेकोमा गर्व लागेको बताइन् ।

विवाहित महिलाका चुनौतीका बारेमा कुरा गर्दै उनले भनिन्, “जब मैले मिसेस् वर्ल्ड जितेँ तब सबै विवाहित महिलाहरूले एकसाथ हामीले जित्यौँ भन्नुभयो । त्यो क्षण म खुसीले रोएँ । विवाहित महिलाको लागि बाहिर निस्कनु आफैमा चुनौती हो । मेरो परिवारको साथले मात्र विश्वमाझ पुग्न सम्भव भएको हो ।” “म बिहानै ट्रेनिङको लागि जान्थेँ, राती ढिला आउँथे । जसको विवाह भएको छैन उनीहरूलाई बाहिर निस्कन निकै सजिलो हुन्छ । विवाहितले घरको जिम्मेवारी लिनुपर्ने अवस्था आइपर्छ, सो समयमा परिवारको साथको जरुरत हुन्छ । म विवाहित महिलाका श्रीमान् तथा परिवारका सदस्यलाई केही गर्न चाहने महिलालाई साथ दिन अनुरोध गर्छु”, उनले थपिन् ।

आगामी एक महिनाको व्यस्त तालिका बताउँदै उनले आफ्नो अन्तिम महिना निकै धेरै आराम गर्न चाहेको तर सम्भव नरहेको बताइन् । मिसेस् वर्ल्ड विश्वभरमा विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । सन् १९८४ देखि सुरु भएको मिसेस् वर्ल्डको नेपालको प्रतियोगिता सन् २०१५ देखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ ।

२०२३ संस्करणको प्रतिस्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन् ।

विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस् इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

भर्खरै प्रकाशित

your adv here