22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeमनोरन्जनविश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो ।

गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२र८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् ।

यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा हावाले बज्ने वाद्ययन्त्रहरूको गीति कविता र विश्वका प्रसिद्ध एनिमेटेड फिल्मको नाम लेखिएको गीति कविता रहेका छन् । आफ्नो केही अनौठा काम गर्ने सिलसिलामा यी सिर्जनाको जन्म भएको डा. उपाध्यायले बताउनुभयो ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here