21.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeसमाचारआज राति आकाशमा उल्का वर्षा देखिने

आज राति आकाशमा उल्का वर्षा देखिने

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो ।

आज राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने उनले बताएका छन् । नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने उनको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसलाई नै उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ ।

भर्खरै प्रकाशित

your adv here