25.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeआर्थिकलगातार तेस्रो दिन शेयर बजार बढ्यो

लगातार तेस्रो दिन शेयर बजार बढ्यो

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

लगातार तेस्रो दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७ को शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड ३४ लाख ७७ हजार कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

भर्खरै प्रकाशित

your adv here