23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeचलचित्रदयाहाङ अभिनीत फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’एकसाथ प्रदर्शन हुने

दयाहाङ अभिनीत फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’एकसाथ प्रदर्शन हुने

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

पछिल्लो समयका व्यस्त अभिनेता हुन् दयाहाङ राई।

उनी धेरै फिल्म साइन गर्ने अभिनेताभित्र पर्दछन् । उनले यति धेरै फिल्म साइन गरिसकेकी बक्स अफिसमा उनी आफ्नै फिल्मसँग जुधिरहेका हुन्छ। यसैवर्ष वैशाख १ गते उनका दुई फिल्म ‘बिहे पास’ र ‘जारी’प्रदर्शन भएको थियो। फेरि उनी आफ्नै फिल्मसँग भिड्दैछन्।

आज शुक्रबारदेखि उनी अभिनीत फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’एकसाथ प्रदर्शनमा आएको छ।

माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’लाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय छ।

गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’भनिने भएकाले फिल्मको नाम ‘दयारानी’राखिएको हो। फिल्मले एउटा खराब श्रीमान र उसकी श्रीमतिको कथा भन्छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ।

रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका प्रोडक्सन हेड सुरज आचार्य हुन्।

दयाहाङका दुई फिल्मसँगै बलिउड फिल्म ‘तेरी बातो में ऐसा उलझा जिया’ प्रदर्शनमा आएको छ। अमित जोशी र आराधना शाहले निर्देशन गरेको फिल्मलाई दिनेश भिजनले निर्माण गरेका छन्। फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ।

यो फिल्ममार्फत शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्।

भर्खरै प्रकाशित

your adv here