19.1 C
Kathmandu
Friday, October 23, 2026
Homeचलचित्रफिल्म ‘रंगेली’को दोस्रो गीत सार्वजनिक,फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ

फिल्म ‘रंगेली’को दोस्रो गीत सार्वजनिक,फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’को दोस्रो गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘दुल्हा दुल्हन’बोलको गीत सार्वजनिक गरिएको हो। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडिओमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ।

निशान भट्टराईको स्वर रहेको गीतमा सविन एकतारेको शब्द तथा सुशान्त गौतमको संगीत छ।

सुवेदीकै लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।

यो फिल्म अमेरिकामा प्रिमियर हुने बताइएको छ। जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्ट तथा अस्ट्रेलियामा हट बिट्स इभेन्टसले फिल्म रिलिज गर्दैछन्।

यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।

भर्खरै प्रकाशित

your adv here