22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeशिक्षानिर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना

निर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

सीतापाइला, काठमाडौं  स्थित निर्भाणा एकेडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६, २७ र २८ गते बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । उक्त  प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्यनरत ३८ जना विद्यार्थीहरुको  चित्रकला समावेश गरिएको थियो । यस विद्यालयको इतिहासमा पहिलोपटक यस प्रकारको प्रदर्शनी आयोजना भइरहेको भएको आयोजक बताउँछ ।

यस प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित ८ विद्यालयका करिव ६०० विद्यार्थीहरु, ६०० अभिभावकहरु र अन्य १०० पर्यवेक्षक सहित करिव १६०० व्यक्तिहरुले चित्रकलाको अवलोकन भएको प्रदर्शनी संयोजक लक्ष्मी मास्के (पुनम) ले जानकारी गराउनु भयो ।

वरिष्ठ शिक्षाविद, गुणबिज्ञ तथा हाइगा आर्टिस्ट प्रा. दिनेश प्रसाद चापागाँईको प्रमुख आतिथ्यमा यस प्रदर्शनीको उद्घाटन माघ २६ गते नेपाल आर्ट काउन्सिलको सभाकक्षमा भएको थियो । उक्त उद्घाटन समारोहमा आमन्त्रित विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र आयोजक  विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो

यस प्रदर्शनीमा काठमाडौं युनिभर्सिटि हाई स्कूल, ग्यालकेसी, ई. पि. एस., ब्राइट फ्युचर, हार्टलाण्ड, जगत मन्दिर, माछापुच्छ्रे, इलेन मेमोरियल, एल. आर. आई, गोल्डेन गेट, त्रिवेणी लगायतका विद्यालयहरूको प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता भएको थियो ।

यस्तो चित्रकला प्रदर्शनीबाट विद्यार्थीहरुमा चित्रकला प्रतिको आकर्षण बढने र समग्रमा विद्यालय स्तरमा यस विधालाई थप मजबुत र फराकिलो बनाउँदै लान मद्दत पुगेको आयोजक विद्यालयका प्रधानाध्यापक निराजन अधिकारीले बताउनुभयो ।

 

भर्खरै प्रकाशित

your adv here