23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeअवार्डपाँचौ जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

पाँचौ जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

जिनियस म्युजिक प्रा. लि.ले आफ्नो स्थापनाको दशौ वार्षिकोत्सवबाट शुरुवात गरेको “जिनियस म्युजिक अवार्ड” को पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड–२०८० आयोजना गर्ने घोषणा गरे सँगै उक्त अवार्डका लागि आवेदन खुला गरेको छ ।

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले २०७५ साल देखी आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई “जिनियस म्युजिक अवार्ड ” द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।

आयोजक संस्थाका अनुसार २०८० साल भित्र सार्वजनिक भएका नेपाली गीत–संगीतले यस “पाँचौ जिनियस म्युजिक अवार्ड” मा आवदेन दिन सक्ने छन्। कम्पनिको Official Website www.geniusmusic.com.np मा गएर अनलाइन मार्फत् पनि आबेदन दिन सकिने छ । आवेदनको अन्तिम म्याद २०८१ साल बैसाख १५ गते सम्म तोकिएको छ।

 

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई नगद राशी सहित दीर्घ साधना सम्मान प्रदान गरिनेछ । गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्ड समारोहमा सम्मान गरिनुको साथै बिभिन्न साङ्गीतिक प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

बिगतका जिनियस म्युजिक अवार्ड क्रायक्रमबाट पाएको प्रतिकृया,माया र साथलाई मध्यनजर गर्दै यस पाँचौ जिनियस म्युजिक अवार्ड समारोह क्रायक्रम अझ प्रभाबकारी गराउनका निमित्त लागि परिरहेको यस कम्पनीका प्रवन्ध निर्देशक तथा गायक रमेश पाठकले  जानाकारी गराउनु भयो ।

थप जानकारीकालागी तँपाईहरुले काठमाडौंको अनामनगरमा  रहेको जिनियस म्युजिक प्रा.लिमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै मोबाइल वा फोनबाट  ९८५१०७०८०७ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

भर्खरै प्रकाशित

your adv here