20.1 C
Kathmandu
Friday, October 23, 2026
Homeचलचित्रकलिउड“यो मन त मेरो नेपाली हो”चलचित्रको फस्ट लुक्स पोस्टर सार्वजनिक

“यो मन त मेरो नेपाली हो”चलचित्रको फस्ट लुक्स पोस्टर सार्वजनिक

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं : नयाँ वर्ष २०८१ को अवसर पारेर रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ । २०८१ सालमा नै रिलिजको तयारीमा रहेको चलचित्रको छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताउनु भयो ।

अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रको पहिलो चरणमा नेपालको झापा , इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

चलचित्रमा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , ,कविराज गहतराजको कोरियोग्राफी रहने छ। चलचित्रमा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ” दिवाना “र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।

भर्खरै प्रकाशित

your adv here