20.1 C
Kathmandu
Friday, October 23, 2026
Homeशिक्षाअनेरास्ववीयू (क्रान्तिकारी)ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

अनेरास्ववीयू (क्रान्तिकारी)ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ५९ औँ विद्यार्थी दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने संगठनका सचिव उपदेश यादवले जानकारी दिए ।

वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्कीलाई जिम्मेवारी दिइएको र खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषद्का प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत ३ सदस्यीय निर्णायक समिति रहेको यादवले बताए ।

प्रथम हुने लाई ५९ हजार रुपैयाँ, द्वितीय हुने लाई ३९ हजार र तृतीय हुनेलाई १९ हजार रुपैयाँ पुरस्कार राशि तोकेका छन् साथै सान्त्वना पुरस्कार स्वरूप ९ हजार रुपैयाँ पुरस्कार दिइनेछ । “समृद्ध नेपालको आधार शिक्षा र रोजगार” शीर्षकमा अधिकतम समय ५ (पाँच) मिनेटको भिडियो हुनुपर्ने र उभिएर शरीरको पूर्ण भाग देखिने गरी आफ्नो विषय प्रस्तुत गरिएको (बढीमा ५ मिनेटको) वक्तृत्वको भिडियो हुनुपर्ने र प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने सर्त रहेको छ ।

सहभागीहरूले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल akhilr2022@gmail.com मा वैशाख १६ गते देखि २५ गते बेलुका ७:०० बजे सम्म पठाइ सक्नु पर्नेछ । भिडियोहरू वैशाख २६ गते देखि संगठनको अफिसियल पेजमा प्रसारित गरिने र प्रसारित भएका भिडियोहरूमा वैशाख ३० गते बेलुका ११.०० बजे सम्म आएका लाइक, शेयर, भ्यूज र अनलाइन भोटिङको परिणाम लाई मात्रै मान्यता दिइने निर्णय गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here