23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeशिक्षाअनेरास्ववीयू (क्रान्तिकारी)ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

अनेरास्ववीयू (क्रान्तिकारी)ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ५९ औँ विद्यार्थी दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने संगठनका सचिव उपदेश यादवले जानकारी दिए ।

वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्कीलाई जिम्मेवारी दिइएको र खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषद्का प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत ३ सदस्यीय निर्णायक समिति रहेको यादवले बताए ।

प्रथम हुने लाई ५९ हजार रुपैयाँ, द्वितीय हुने लाई ३९ हजार र तृतीय हुनेलाई १९ हजार रुपैयाँ पुरस्कार राशि तोकेका छन् साथै सान्त्वना पुरस्कार स्वरूप ९ हजार रुपैयाँ पुरस्कार दिइनेछ । “समृद्ध नेपालको आधार शिक्षा र रोजगार” शीर्षकमा अधिकतम समय ५ (पाँच) मिनेटको भिडियो हुनुपर्ने र उभिएर शरीरको पूर्ण भाग देखिने गरी आफ्नो विषय प्रस्तुत गरिएको (बढीमा ५ मिनेटको) वक्तृत्वको भिडियो हुनुपर्ने र प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने सर्त रहेको छ ।

सहभागीहरूले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल akhilr2022@gmail.com मा वैशाख १६ गते देखि २५ गते बेलुका ७:०० बजे सम्म पठाइ सक्नु पर्नेछ । भिडियोहरू वैशाख २६ गते देखि संगठनको अफिसियल पेजमा प्रसारित गरिने र प्रसारित भएका भिडियोहरूमा वैशाख ३० गते बेलुका ११.०० बजे सम्म आएका लाइक, शेयर, भ्यूज र अनलाइन भोटिङको परिणाम लाई मात्रै मान्यता दिइने निर्णय गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here