18.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeमनोरन्जनपूर्व उपकुलपति शम्भुजीत बासकोटालाई जापानमा नगद सहित ‘दीर्घ साधना सम्मान’

पूर्व उपकुलपति शम्भुजीत बासकोटालाई जापानमा नगद सहित ‘दीर्घ साधना सम्मान’

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

काठमाडौं । वैशाख दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । ख्याति प्राप्त वरिष्ठ कलाकारहरु शम्भुजीत बासकोटा, शिव श्रेष्ठ, भुवन केसी, चेतन सापकोटा लगायत जापान जानुभएको थियो ।

त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुग्नुभएको थियो । समारोहमा संगीतरत्न शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो । विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो ।

यस्तै जापानमा रहेर कार्य गरिरहनुभएका जेएमसी मनि ट्रान्सफर जापानका चेयरमेन ओम गुरुङ, व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, एनआरएन आइआइसीका उपाध्यक्ष रविन श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, सेतुमाया तामाओके, पासाङ विश्कर्मा, ददिवल खड्का, निमा लामा, राजेन्द्र सुनुवार लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

‘पर्यटन, कला र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ टोकियोमा ए एम एस इन्टरनेशनल अवार्डको साथमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपालबाट गएका र जापानमा रहेका स्थाानिय कलाकारहरू आ–आफ्नोे प्रस्तुति दिएको अवार्ड आयोजककी अध्यक्ष सत्यकला लामाले जानकारी दिनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहनुभएका बासकोटाले कार्यक्रममा उपस्थित बाक्लो दर्शकको आग्रहमा आफ्ना चर्चित गीतहरु पस्किदा हल तालीले गुन्जायमान भएको थियो ।
उहांले आफ्ना आकर्षक प्रस्तुती दिने क्रममा नेपालका चर्चित गायिका अन्जु पन्त र स्मिता दाहालले गायनमा साथ दिनुभएको थियो भने दर्शकहरुले हुटिङ्गको साथमा नृत्य समेत गरेका थिए ।

समारोहमा भर्सटाइल गायिका अवार्ड अञ्जु पन्त, वेष्ट पप सिंगर कमल खत्री, वेष्ट कोरियोग्राफर गजित विष्टलगायतलाई अवार्ड प्रदान गरिएको थियो । जापानको आयोजकमा सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङ् रहनुभएको थियो ।

नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा व्यवसाय गर्दै आएका नेपाली समूदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोडन यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष तामाङले बताउनुभयो ।

ए एम एसकी अध्यक्ष लामाले समृद्ध नेपाल निर्माणमा योगदान दिने उद्देश्यका साथ नेपालको पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानसहित जापानमा भव्य रुपमा अवार्डसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

सो अवसरमा नेपाली चलचित्रलाई कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्ने विषयमा अन्तक्रिया पनि भएको ए एम एसकी अध्यक्ष लामा र सनराइज कम्पनीका अध्यक्ष तामाङले जानकारी गराउनुभयो ।

भर्खरै प्रकाशित

your adv here