19.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जन‘प्याजेन्ट नेपालको आयोजना तथा महिला चेम्बरको प्रस्तुतीमा ईण्डो नेपाल सांस्कृतिक समारोह’: भारतिय...

‘प्याजेन्ट नेपालको आयोजना तथा महिला चेम्बरको प्रस्तुतीमा ईण्डो नेपाल सांस्कृतिक समारोह’: भारतिय अभिनेत्री जय प्रदालाई सम्मान

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो ।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, युके लगायत देशबाट सहभागिता जनाएका अतिथीजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिएकी थिईन ।

प्रतिनिधि सभाका उप-सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सात सय भन्दा बढी दर्शकहरुको उपस्थिति रह्यो ।

कला साहित्य र सँस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब ४ दर्जन बढि प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढि व्यक्तित्वहरुले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरु गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुती रहेको समारोहमा भारतिय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथी उपसभामुख रानाले यस्ता कार्यक्रमहरुबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुबै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन् । यसरी दुई छिमेकी मुलुकको सँस्कृतीक सम्बर्द्धनको लागी महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवाद समेत दिइन् ।

यस्तै उक्त समारोहमा वलिउड अभिनेत्री जय प्रदालाई भब्य सम्मान समेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोश्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफु निकै हर्षित भएको भन्दै खुसी समेत व्यक्त गरिन् ।

यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान गरिन् ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,अभिनेत्रीत्रय बसुन्धारा भुषाल,चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी,राजाराम पौडेल,देविका बन्दना, राजु सिंह,नारायण प्रधानका साथै अभिनेता सरोज खनाल,संगीतकार शम्भुजित बासकोटा,प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल,नेपाली सेनाका सहायक रथि राजन अधिकारी,  लोकप्रिय भारतिय गुगल आन्टि ७९,प्रिमिला हिंगोरोनी,युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतिय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यबसायी एवं सामाजिक अभियान्ता डा.अनुप शर्मा भारतिय चर्चित डान्सर हिमांशु द्धिवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा.अर्पणा शाह, चेम्बरका पदाधिकारीहरु,पर्यटनविद,संस्कृतिविद,लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिएकी थिइन् । उनको नृत्यमा उपस्थित दर्शकहरुले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए ।

संचारकर्मी दिनेश डिसीले संचालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाईनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेल लगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए ।

अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि २ दिने नेपाल भ्रमणमा आएकी थिईन भने उनी सहित भारतबाट करिब ४ दर्जन वढि व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

-कुर्मराज आचार्य

भर्खरै प्रकाशित

your adv here