23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeभिडियोलण्डनमा 'नेपाली फिल्म फेस्टिभल'

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल’

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

थर्ड आइ, लण्डनको आयोजनामा बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन–२०२४’ प्रारम्भ भएको छ । नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभल गत जुलाई ७ (असार २३ गते आइतवार) लण्डनमा प्रारम्भ भैसकेको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार यो फेस्टिवल यही जुलाई २० (साउन ५ गते) सम्म चल्नेछ ।

धेरै लामो समयदेखि नेपाली फिल्मसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो । यो फिल्म फेस्टिभलमा पाँच वटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन् । कार्यक्रम उद्धघाटन आइतवार स्थानिय समय अनुसार साँझ ४ः३० बजे Tramshed, 51-53 Woolwich New Rd, London SE18 6ES हलमा मा प्रदीप शाहिको लेखन तथा निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ तथा विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म ‘हल्कारा’ प्रदर्शनका साथ भएको फेस्टिभलका नेपाल व्यवस्थापक दिनेश डिसीले पत्रकार सम्मेलनका क्रममा बताएका छन् ।

फेस्टिभल अन्तर्गत यही जुलाई १४ (असार ३० गते) देव थापा निर्देशित फिल्म ‘टुल्की’ तथा सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ प्रदर्शन हुनेछ । फेस्टिभलको समापन साउन ५ गते (जुलाइ २०) का दिन साँझ पाँच बजेदेखि Greenford Hall, Ruislip Rd, Greenford UB6 9QN हलमा हुनेछ । समापन समारोहमा नेपाली फिल्म ‘सरिता’ प्रदर्शन हुनेछ । यो फेस्टिभलले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी वजार समेत विस्तार हुने बताइएको छ । कार्यक्रमलाई चलचित्र विकास बोर्ड, वाईवाई र नेपाल आदिले प्रायोजन गरेका छन् ।

जुलाई २० (साउन ५ गते) हुने फेस्टिभलको समापन समारोहमा नेपालबाट १४ जना चलचित्रकर्मी एवं कलाकर्मीहरु सहभागि हुनेछन् । शम्भुजित बास्कोटा, भुवन केसी, दिलिप रायमाझी, प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप साही, दिया पुन, शर्मिला वर्देवा, रुपक डोटेल आदिको सहभागिता रहने छ ।

नेपालबाट सहभागी हुन जाने चलचित्रकर्मीहरु लण्डनस्थित होटल Mercure London Heathrow Shepiston Lane, Hayes मा बस्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवद्र्धन हुने विश्वास रहेको आयोजक थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटा बताउँछन् । यो फेस्टिभलको समापन समारोहमा वरिष्ठ संगीतकार मेलोडि किङ शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान (लाईफ टाईम अचिभमेन्ट अवार्ड) द्वारा सम्मान गरिने थर्ड आईको निर्णय रहेको छ ।

भर्खरै प्रकाशित

your adv here