22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeसमाचारकाभ्रे र सिन्धुपाल्चोकका ५०० घरपरिवारलाई सिजल एण्ड सिस्टरको सहयोग

काभ्रे र सिन्धुपाल्चोकका ५०० घरपरिवारलाई सिजल एण्ड सिस्टरको सहयोग

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ ।

अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो ।

संस्थाले यस अघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढी पीडितलाई २५० भन्दा बढी बलाङ्केट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही ५००० का दरले प्रदान गरिएको थियो ।  गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाकोको समयोजकत्वमा वितरण गरिएको थियो ।

यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो । हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्य अनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं , भने समाज कल्याणको थप अनुमति पश्चात अन्य विभिन्न ठूलाठूला राहत कार्यक्रम गरिने यस संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो ।

यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढी पीडितलाई तत्काल राहतका कार्यक्रम रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग काठमाडौँका विपन्न अनार्थ आश्रमलाई सहयोग मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ।

यस संस्था अमेरिकामा मेघ सुवेदीका अलवा पञ्चम तामाङ,योगेश नेपाल, रविन बिष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ,अर्जुन बिष्ट लगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ। यस राहत कार्यक्रमका सिजल एन्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइटेल, वरिष्ठ पत्रकार गीतकार तथा पूर्व उपाध्यक्ष पत्रकार गीता अधिकारी, चर्चित गायक तथा संगीतकार पुष्कर सुनार, चर्चित गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी , निर्देशक एवं फोटोग्राफर कुबेर तामाङ, क्यामेरा म्यान नवीन सुनुवार तथा यस सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्ली राम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामा आदिको उपस्थितिमा उहाँहरूको हातबाट राहत वितरण गरिएको थियो।

सोही दिन सिजल एण्ड सिस्टर फाउन्डेसनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती १२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउन्डेसन अङ्कित ३०० भन्दा बढी परिवारलाई बाल्टिन पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्था सँग सहकार्य गरी वितरण गरियो। सिजन एण्ड सिस्टर जस्तो गैर नाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो।
भने यसै कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो। कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री आदिको उपस्थिति थियो। हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एक अर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एन्ड सिस्टर फाउन्डेसनका अध्यक्ष  भण्डारीले बताउनुभयो।

हजारौ दिन दुखीको सेवामा अनवरत लागि पर्ने तर कहिले पनि समाजसेवालाई प्रचारवाजी नगरि सधै आपत विपदमा परेकाहरुको सेवामा तल्लिन वास्तविक समाजसेवी हुन मेघ सुवेदी उनै संस्थापक अध्यक्ष रहेको सिजल एण्ड सिस्टर फाउण्डेसन हाल नेपालमा औपचारिक रुपमा दर्ता भै सामाजिक सेवामा निरन्तर सक्रिय रहदै आएको छ ।

भर्खरै प्रकाशित

your adv here