17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeअवार्डफिल्मकर्मी र पत्रकारलाई सम्मान गरिने

फिल्मकर्मी र पत्रकारलाई सम्मान गरिने

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोषले फिल्म क्षेत्रका विभिन्न विधामा योगदान पुड्डयाउने ११ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ।

कोषले बिहीबार राजधानीको विशालनगरस्थित नेपाल चलचित्र संघको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी विभिन्न व्यक्तिको नाममा स्थापित सम्मान प्रदान गर्ने घोषणा गरेको हो। सो अवसरमा कोषका सदस्य सचिव प्रदीपकुमार उदयले नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई कोषका अध्यक्ष राजकुमार पोखरेलद्वारा स्थापित शेर बहादुर कृष्णकुमारी पोखरेल श्रीविक्रम राणा स्मृति पत्रकारिता सम्मानबाट सम्मानित गर्ने जानकारी गराए।

त्यसैगरी, अर्जुन श्रेष्ठद्वारा स्थापित भूपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान ज्ञानेन्द्र देउजा, प्रदीपकुमार उदयद्वारा स्थापित द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मानबाट अभिनेता शिव श्रेष्ठ, गुण समूहबाट स्थापित गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट गौरी मल्ल, योगेश्वर अमात्यद्वारा स्थापित भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति संगीत सम्मानबाट गायिका देविका वन्दना, चलचित्र संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठद्वारा स्थापित हरिबहादुर हीरादेवी डायमन्ड शमशेर जबरा स्मृति लेखन सम्मानबाट लेखक मौनता श्रेष्ठ, क्वेस्ट इन्टरटेन्मेन्ट प्रालिद्वारा स्थापित क्वेस्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट फिल्म सम्पादक नरेन्द्र खड्का, मधुसूदन प्रधानद्वारा स्थापित मैयादेवी गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट योगेन्द्र श्रेष्ठ, कपिलप्रसाद द्वाद्वारा स्थापित हरिप्रसाद द्वा, भगवान दास श्रेष्ठ स्मृति निर्माता सम्मानबाट निर्माता छविराज ओझा, नरेन्द्र महर्जनद्वारा स्थापित नन्दबहादुर महर्जन वीरेन्द्रबहादुर पाण्डे स्मृति प्रदर्शक सम्मानबाट तीर्थ प्रधान र गोपालकाजी कायस्थद्वारा स्थापित राजवीर कायस्थ बैकुण्ठ मास्के स्मृति छायांकार सम्मानबाट छायाँकार मञ्जु कुमार श्रेष्ठलाई सम्मान गरिने कार्यक्रममा जानकारी दिइयो।

कोषका अध्यक्ष राजकुमार पोखरेलका अनुसार आगामी भाद्र १९ गते राजधानीमा एक समारोह आयोजना गरी फिल्मकर्मी र पत्रकारलाई जनही नगद १५ हजार पाँच सय ५५ रुपियाँसहित सम्मान प्रदान गरिनेछ।कोषका अध्यक्ष पोखरेलले फिल्म क्षेत्रमा भविष्य देखेर आउनेलाई प्रोत्साहन गर्ने उद्देश्यले फिल्म क्षेत्रमा योगदान दिने कलाकर्मीको स्मृतिमा हाल योगदान दिइरहेकालाई सम्मान प्रदान गरिन लागेको बताए।

पहिले निर्माता संघ र चलचित्र संघ एकै थियौँ र फिल्म महोत्सव गर्दै आएका थियौँ। निर्माता संघ अलग भएपछि पनि हामी मिलेर सो महोत्सव आयोजना गर्दै आएका थियौँ। तर, उक्त कार्यक्रम महँगो भएकाले निरन्तरता दिन सकेनौँ। महोत्सव गर्न

नसके पनि चलचित्र क्षेत्रमा योगदान दिने व्यक्तिहरूका लागि हामी चलचित्र संघमा आबद्ध विभिन्न पदाधिकारी तथा अन्य संघ सस्था र व्यक्तिको संलग्नतामा कोष खडा गरि यो कार्यक्रम आयोजना गरिरहेका छौँ पोखरेलले भने।

कोषका सदस्य सचिव उदयले ११ सदस्यद्वारा स्थापित कोषको ब्याजमार्फत सम्मान कार्यक्रम आयोजना गरिएको बताए। नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले विगतमा आफू पनि कोषबाट सम्मानित भएको सम्झना गर्दै यस्ता सम्मानले कलाकर्मीलाई थप राम्रो काम गर्न हौसला प्राप्त हुने बताए। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हिजो, आज र भोलि तीनै पुस्तालाई समेटेर कोषले गर्न लागेको सम्मान निकै तारिफयोग्य रहेको चर्चा गरे।

भर्खरै प्रकाशित

your adv here