18.1 C
Kathmandu
Saturday, May 30, 2026
Homeसमाचारबिरामीको जीवनसँग खेलबाड, नियमन कहाँ छ?

बिरामीको जीवनसँग खेलबाड, नियमन कहाँ छ?

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

ललितपुर— देशकै प्रमुख प्रशासनिक केन्द्र राजधानी उपत्यकाभित्रै स्वास्थ्य सेवा दिने नाममा व्यापक लुट मच्चिएको गुनासो पीडित बिरामीहरूले गरेका छन्। ललितपुरको सानेपास्थित हिम्स शुद्धिग्राम नेपाल नामक संस्था प्राकृतिक तथा आयुर्वेदिक उपचारको नाममा मनपरी गरिरहेको आरोप लागेको छ।

भारतमा सञ्चालित HIMS (Health India Medical Science) को नाम र प्रतिष्ठालाई अगाडि सार्दै, ‘प्राकृतिक उपचारको नयाँ विश्वास’ भन्दै मिर्गौला, कलेजो, मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायत दीर्घरोगको ग्यारेन्टीका साथ उपचार हुने प्रचारसहित सो संस्था सञ्चालित छ। एक वर्षअघि श्यामलाल श्रेष्ठसहितको समूहले यो केन्द्र सञ्चालनमा ल्याएको हो।

तर, भित्रको वास्तविकता भने यसको ठिक विपरीत देखिएको छ। यहाँ उपचार गराइरहेका अधिकांश बिरामीहरू आफु ठगिएको महसुस गर्दै मिडियामार्फत गुनासो पोखिरहेका छन्।

ग्यारेन्टीका नाममा ठगी

७२ घण्टामा सुगर नियन्त्रण हुने दाबी सुनेर आएका एक बिरामी भन्छन्,“हप्ताभर १४,५०० रुपैयाँ शुल्क तिरेर बसेँ। न कुनै सुधार भयो, न त स्वास्थ्यकर्मीहरूको व्यवहार नै राम्रो देखेँ।”

उक्त संस्थामा कार्यरत BAMS चिकित्सकहरूले बिरामीसँग संवाद गर्न समेत रुचि नदेखाउने, एक महिला चिकित्सकले “मै हु चिकित्सक” भन्दै कार्यकक्षमै दिन बिताउने र बिरामीको अवस्था बुझ्न वा मनोबल दिन समय नदिने गुनासो पनि आएको छ। साथै वरिष्ठ चिकित्सकको समेत कमी स्पष्ट देखिएको छ।

सरसफाइ, खानपान र सेवा सुविधामा लापरवाही

त्यहाँको सरसफाइ अत्यन्त कमजोर रहेको, प्रयोग गरिने तौलिया गन्हाउने, खाना र खाजाको गुणस्तर बिरामीहरूको स्वास्थ्य अनुसार नहुनेजस्ता समस्या पनि उल्लेखनीय छन्।
एक बिरामी रमेश खनालले भने,”स्वस्थ भइ फर्किने आशामा आएको थिएँ, यहाँ त झन् अस्वस्थ भएर फर्किनुपर्‍यो।”

थेरापीको नाममा दैनिक ३ घन्टा मात्रै सेवा दिइने र बाँकी समय बिरामीहरू बस्नैको लागि सुविधाजनक स्थानसमेत नभएको गुनासो गरिएको छ।

शुल्क अस्वाभाविक, सेवा न्यून

दैनिक रु. १४,५०० तिराउनु पर्ने, बाह्य आवासका लागि दिनको रु. ३,५०० सम्म लिने गरिएको गुनासो छ। यस्ता अत्यधिक शुल्कको बदलामा उचित सेवा नपाउनु सरासर ठगी र लुटपाट हो भन्ने बिरामीहरूको आरोप छ।

श्रमिक शोषणको आरोप

केवल बिरामी मात्र होइन, त्यहाँ कार्यरत थेरापिस्ट र कर्मचारीहरूले समेत श्रम शोषण भोग्नु परेको गुनासो गरेका छन्। बिरामी संख्याको तुलनामा पर्याप्त मानवशक्ति नहुनु, कामको चाप अत्यधिक हुनु, पर्याप्त आराम गर्ने ठाउँको अभावजस्ता समस्याहरू उल्लेखनीय छन्।

कारबाहीको माग

बिरामी तथा कर्मचारीहरूले आयुर्वेद विभाग, श्रम विभाग, ललितपुर महानगरपालिका र सम्बन्धित नियामक निकायहरूबाट तत्काल अनुगमन गर्न र ठोस कारबाही अघि बढाउन माग गरेका छन्। साथै, भारतको HIMSGRAM संस्था स्वयंले पनि आफ्नो ब्रान्डको दुरुपयोग हुँदै गएकोप्रति चासो राखी सचेतता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

 राजधानीकै केन्द्रमा यति गम्भीर स्वास्थ्य लापरवाही, ठगी र नियमनको अभाव हुनु निन्दनीय विषय हो। यसप्रति सम्बन्धित निकायहरूले तत्काल ध्यान नदिए आम सर्वसाधारणको स्वास्थ्य र अधिकार दुवैमा गम्भीर चोट पुग्नेछ।

भर्खरै प्रकाशित

your adv here