19.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जननेपाल संगीत कल्याण कोषद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेपाल संगीत कल्याण कोषद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । नेपाल संगीत कल्याण कोषको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति कोषका अध्यक्ष रमेश पाठकले गर्नुभएको थियो भने दिग्गज संगीतकार राजु सिंह प्रमुख अतिथि रहनुभएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

यस अवसरमा प्रमुख अतिथि दिग्गज संगीतकार राजु सिंह अनि अतिथि गीतकार तथा प्राज्ञ पुरु लम्सालले शुभकामनाको साथसाथै यस सस्थाले नेपाली संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सकोस् भन्नुभयो । सभापति रमेश पाठकसँगै कोषका पदाधिकारी गायक रामकृष्ण श्रेष्ठ, संगीतकार विनोद पछाई र गायक चेतन राई लगाएतले कोषको गतिविधि सम्बन्धी जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरु कोरियोग्राफर/मोडल कृष्ण रसाल, निर्देशक टेक छिरिङ लामा, नृत्य निर्देशक पारस अधिकारी लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

आयोजकका अनुसार कार्यक्रममा नेपाली कला, संगीत, संस्कृति र पर्वलाई आपसमा जोड्ने सन्देश दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले कलाकारहरूको मनोबल वृद्धि गर्नुका साथै सांस्कृतिक एकता र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here