17.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeसमाचारफिल्मप्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

 

पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे ।

स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो । यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन गरि अनुभव हासिल गरेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा उक्त फिल्मको अवधारणा बनाएका हुन् ।

‘युरोप फर्किने तयारी गर्दा उडान रोकिएपछिको समयलाई सिर्जनात्मक काममा लगाएको हुँ’ निर्देशक तिवारीले भने । प्रसुन फिल्म्सद्वारा निर्मित यो फिल्ममा तिवारीसहित सबिन बाँस्तोला ‘गिरधारी’, सुनिल बाँस्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय गरेका छन् ।

छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सन कार्य पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतम राज खड्काले गरिरहेका छन् । यो फिल्म प्रसुन फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ ।

निर्माण टिमका अनुसार आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिइनेछ भने सोही टिमले निर्माण गरेको ‘कपुरी क’ फिल्मसमेत केही समयमा युट्युबमार्फत प्रदर्शन गरिने जानकारी गराइएको छ ।

 

भर्खरै प्रकाशित

your adv here