24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeसमाचारफिल्मप्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

 

पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे ।

स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो । यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन गरि अनुभव हासिल गरेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा उक्त फिल्मको अवधारणा बनाएका हुन् ।

‘युरोप फर्किने तयारी गर्दा उडान रोकिएपछिको समयलाई सिर्जनात्मक काममा लगाएको हुँ’ निर्देशक तिवारीले भने । प्रसुन फिल्म्सद्वारा निर्मित यो फिल्ममा तिवारीसहित सबिन बाँस्तोला ‘गिरधारी’, सुनिल बाँस्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय गरेका छन् ।

छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सन कार्य पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतम राज खड्काले गरिरहेका छन् । यो फिल्म प्रसुन फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ ।

निर्माण टिमका अनुसार आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिइनेछ भने सोही टिमले निर्माण गरेको ‘कपुरी क’ फिल्मसमेत केही समयमा युट्युबमार्फत प्रदर्शन गरिने जानकारी गराइएको छ ।

 

भर्खरै प्रकाशित

your adv here