15.1 C
Kathmandu
Tuesday, October 20, 2026
Homeभिडियोजीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ दशैं गीत सार्वजनिक भएको छ। जीवन लुइँटेलको शब्द तथा बिनोद बि.सी.को संगीत र स्वरमा तयार भएको उक्त दशैं गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा जीवन लुइँटेल र बिनोद बि.सी.को सिर्जनात्मक सहकार्य रहेको छ। दशैंको सांस्कृतिक भावना, पारिवारिक आत्मीयता र नेपाली मौलिकतालाई प्रस्तुत गर्ने प्रयास गरिएको गीतको भिडियोमा बिनोद बि.सी., जीवन लुइँटेल र विशाल बि.सी.को अभिनय रहेको छ।

गीतलाई नरेन्द्र बियोगीले एरेन्ज तथा मिक्सिङ/मास्टरिङ गरेका छन् भने रामकृष्ण थापाले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन्। गीतको रेकर्डिङ वेभ स्टुडियोमा गरिएको हो।

भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। प्रशान्त के.सी.को सिनेमाटोग्राफी रहेको भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका हुन्।

नेपाली कला, संस्कृति र पर्वसँग जोडिएको यस दशैं गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। जीवन लुइँटेलको शब्द र बिनोद बि.सी.को संगीत तथा स्वरमा रहेको यो दशैं गीत अहिले दर्शक–श्रोताका लागि सार्वजनिक भइसकेको छ।

भर्खरै प्रकाशित

your adv here