
पोर्चुगल । अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको युट्युब च्यानलमार्फत सोमबार दिउँसो भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा मिलन नेवार र मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्द राजनराज शिवाकोटी तथा गोविन्द भट्टको रहेका छन् । संगीत राजनराज शिवाकोटीको संगीत रहेको गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार तथा सञ्जीव बराइलीले गरेका छन् ।
गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन् ।
देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह तथा सनिशा भट्टराई मुख्य भूमिकामा छन् । उनीहरूसँगै भिडियोमा कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ ।
भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति तथा सामूहिक नृत्यलाई प्राथमिकता दिइएको छ । पल र सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् । सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ । मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी तथा आर्टमा जट्टा शंकरले काम गरेका छन् ।
त्यस्तै, भिडियोको पोस्टर विजय बस्यालले तयार पारेका हुन् । प्रोडक्सन म्यानेजर विनोद पौडेल, स्टिल्स लक्ष्मण पाण्डे, ग्रुप लिडर हरि अधिकारी तथा प्रोडक्सन हेड राम तिमिल्सिना रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो ।
