15.1 C
Kathmandu
Monday, November 23, 2026
HomeUncategorizedसन्तोष अधिकारीको “बादलुले चन्द्रमा घेरेझै” सार्वजनिक

सन्तोष अधिकारीको “बादलुले चन्द्रमा घेरेझै” सार्वजनिक

Date:

सम्बन्धित खबर

देवेन्द्र पाण्डेको निर्देशनमा ‘सुनबुकी फूल’ मा पल र सनिषाको जोडी

पोर्चुगल  । अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको...

चलचित्र ‘सानो घर’ मा नृत्य निर्देशक सुनिल गिरी, ५० प्रतिशत छायांकन सम्पन्न

पारिवारिक कथामा आधारित चलचित्र ‘सानो घर’को ५० प्रतिशत छायांकन...

अपिल त्रिपाठी भन्नेबित्तिकै धेरै दर्शकको दिमागमा आउने नाम हो – ‘गण्डकी छड्के’

१५ वर्ष एउटै टेलिभिजनमा बिताए, बेथितिविरुद्ध आवाज उठाए, मुद्दा...

युवाको सामूहिक प्रयासमा ‘ऐश्वर्य बुटिक होटल’ सञ्चालनमा

काठमाडौं । रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा...
spot_img

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको नेपाली ‘काठे लोकगीत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्तोष अधिकारीको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलको सहकार्यमा निर्माण गरिएको उक्त म्युजिक भिडियो पोर्चुगलका विभिन्न ठॅाउमा छायांकन गरिएको हो।

म्युजिक भिडियो सन्तोष अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको गायक सन्तोष अधिकारीले जानकारी दिए।

निर्देशक सुनिल गिरीले प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा कलाकारहरू निरन्तर सक्रिय रहेको बताए। उनले गीत तथा भिडियो निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै कलाकार, सहयोगी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

“विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र लोकसंगीतका क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो भिडियो तयार गरिएको हो। सबैको सहयोग र सहभागिताले परियोजनालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ,” निर्देशक गिरीले भने।

नृत्य कलाकार संयोजक बिपना कंडेलको संयोजनमा सहभागी कलाकारहरूले भिडियोमा सामूहिक नृत्य प्रस्तुत गरेका छन्।

सीमित समय र स्रोतसाधनका बाबजुद ग्रुप डान्सरहरूले देखाएको उत्साह, मेहनत र समर्पण प्रशंसनीय रहेको निर्देशक गिरीले बताए। उनका अनुसार नृत्य कलाकारहरूको सहभागिताले भिडियोमा थप ऊर्जा, आकर्षण र सांस्कृतिक रंग थपिएको छ।

भिडियोमा भुवनदास श्रेष्ठ ‘सगुन’, सन्तोष अधिकारी र मोना राईको अभिनय तथा प्रस्तुति रहेको छ। गीतका शब्द सन्तोष अधिकारीले लेखेका हुन् भने संगीत रामकुमार रिमालले दिएका छन्।

गीतमा सन्तोष अधिकारी र कोपिला तामाङ वाइवाको स्वर रहेको छ। भिडियोको शृङ्गार अमृत मरठ्हाले गरेका छन् भने तिन दशक लामो नृत्य निर्देशनको अनुभब बोकेका चर्चित नृत्य निर्देशक नृपध्वज खत्रीको नृत्य निर्देशन रहेको छ । बिभिन्न नेपालि चलचित्र तथा म्युजीक भिडियोमा आफ्नो कामबाट जादु देखाई सकेका रबिन्द्र न्यौपानेको यसमा छायांकन रहेको छ ।

बिगत लामो सयम देखि चलचित्र क्षेत्रलाई आफ्नो कर्म सोचि निरन्तर लागि परेका गिरी, म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन सुनिल गिरीले गरेका छन्। निर्माण पक्षका अनुसार भिडियोमा नेपाली लोकगीतको भाव, नृत्य र प्रवासी नेपाली समुदायको सांस्कृतिक जीवनलाई समेट्ने प्रयास गरिएको छ।

नेपाली लोकसंगीतप्रेमी दर्शक तथा श्रोताहरूलाई लक्षित गर्दै तयार पारिएको म्युजिक भिडियो सार्वजनिक  गरिएको छ। भिडियो सन्तोष अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भर्खरै प्रकाशित

your adv here