16.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जनकोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो ।

नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनुभएको थियो ।

कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो । नेपाली भाषा, साहित्य, कला संस्कृतिमा कोलकताको गोरखनाथ सेवासमितीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विजयादशमीको अवसरमा यो कार्यक्रम गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here