17.1 C
Kathmandu
Saturday, May 2, 2026
Homeराजनीतिराजनीतिक धुब्रिकरण

राजनीतिक धुब्रिकरण

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

-डा.डिआर उपाध्याय,

नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन टोडेर उनी सत्ता स्वार्थका लागी जे गर्न पनि तयार भए । आखिर सत्ताका लागी जे पनि हँुदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन ।

चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागी गठबन्धन टोडने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफनै कुर्सि प्यारो लागेको छ । कुर्सि भन्दा अरु नेताहरुले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागीता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर देखाउँछ त्यो त हेर्न नै बाँकी छ ।

देउवाको अहंकारले गठबन्धन भत्किएको भन्नेहरु पनि छन । तर जे भए पनि आज मुलुक राजनीतिक धुब्रिकरण तर्फ अघि बढेको अनुमान लगाउन सकिन्छ । हिजो बिहान सम्म गठबन्धनकै सरकार बन्ने चर्चा थियो । तर राजनीतिले मध्यान्ह तिर अकै मोड लियो र प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई समर्थन गरेका सबै पार्टी सरकारमा जाने कुरा छ । समर्थन गरेका सबै पार्टीलाई प्रचण्डले कसरी मिलाएर लैजान्छन त्यो नै अग्नि परिक्षाको बिषय बनेको छ । नेताहरु सत्ताकै लागी बिगतमा झै गल्ति दोहोयाउदै छन । अब जनताले खवरदारी नगर्ने हो भने जे पनि हुन सक्छ ।

जनता सजग हुनु पर्ने अबस्था आएको छ । देश र जनताको भबिश्य दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । अब देश र जनताको चिन्ता गर्ने नेताको खाँचो छ । देश र जनताको कुनै मतलव नराख्ने नेताहरुको अब भबिश्य राम्रो हुने छैन । यो कुरा बुझेर बसे हुन्छ । लामो समय देखि नेपाली जनताले दुख्ख कस्ट भोग्दै आएका छन । यो देशको भबिश्य राम्रो हुन्छ की भन्दै धर्य पनि पटक पटक गरे तर जनताले सोचे जस्तो अबस्था परिवर्तन हुन सकेन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था उस्तै छ । अब प्रचण्डले जनताको अबस्थामा परिवर्तन ल्याउन सक्छन की सक्दैनन् । ब्यवस्था परिवर्तन गर्न प्रचण्डकै देन छ तर देश र जनताको अबस्था परिवर्तन भएन भने ब्यवस्था परिवर्तनको के अर्थ ? देश र जनतालाई सोचेर भाग्य र भबिश्य निर्माण गर्नु आजको आबश्यकता हो । अब मुलुक बनाउने कुरामा सबै दलहरु मिलेर अघि बढनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । एकले अर्काको खुट्रटा तान्ने प्रबृतिको अन्त्य गर्नु पर्छ ।

राजनीतिमा इमान्दारीता भएन भने देश र जनताले दुख्ख भोग्नु पर्ने हुन्छ । हाम्रो देशको राजनीतिमा बेइमान मात्र भइरहेको छ । सत्ताका लागी नेताहरु एक आपसमा मिल्दै जाने तर तल तलका कार्यकर्ता पानी बारा बार गरी बोलचाल नै नगरेको पाउन सकिन्छ । नेता मिले पछि सबै सकियो । यस्तो छ देशको राजनीति । हिजो ओली प्रचण्ड नमिल्दा राजनीति के भएको थियो अहिले के भयो ? यी सबै सत्ता स्वार्थका खेल हुन । जनतालाई मुर्ख बनाउने खेल राजनीतिमा देखिएको छ ।

भर्खरै प्रकाशित

your adv here