20.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeराजनीतिनेपालमा के छैन ?

नेपालमा के छैन ?

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

-डा.डिआर उपाध्याय,

नेपालको राजनीतिमा कति खेर के हुन्छ यसै भन्न सकिदैन । राजनीति दल र तिनका नेताहरु मुलुक प्रति खासै गम्भिर भएको देखिदैन । आज देश आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावले संकटमा छ । देशमा कुनै एक दलको स्पस्ट बहुमत आउन नसकेकोले गठबन्धन सरकार गठन गर्नु पर्ने बाध्यता हाम्रो सामु छ । अहिले देशमा फेरि नयाँ गठबन्धन सरकार गठन भएको छ । तर यो गठबन्धन सरकारले अझै सम्म पूर्णता पाउन सकेको छैन । बिश्वासको मत प्राप्त गरिसके पछि मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा पनि बाहिर आएको छ । आज हाम्रो देशमा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको छ भने तेस्रो दल माओवादी केन्द्र सरकारको नेतृत्व गर्न सफल भएको छ ।

राजनीतिमा जे पनि हुदो रहेछ । गठबन्धनको राजनीतिले मुलुकलाई सहि दिशा तर्फ लान सक्दैन । गठबन्धनको राजनीति जुन सुकै बेला पनि दुरघटना हुन सक्छ । चुनाव अघि नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धन थियो । सत्ता स्वार्थकै कारण चुनाव पछि सरकार बनाउने बेलामा गठबन्धन टुट्यो र एमाले सहितको सात दलीय नयाँ गठबन्धन बनेको छ । यो गठबन्धन पनि सत्ता स्वार्थकै लागी निर्माण भएको हो । देश र जनताको पक्षमा बनेको हुदै होइन । त्यसैले कोही नेपाली जनता भ्रममा पर्नु आबश्यक छैन । सबै कुरा प्रस्ट छ । आफनो स्वार्थ पुरा हुदा सबै ठिक हुने आफनो स्वार्थ पुरा हुन नसक्दा त्यो कुरा बेठिक हुने यो नेपालको राजनीति के हो ? मैले बुझन सकिरहेको छैन ।

बिगतमा एकले अर्कोलाई तल्लो स्तरमा झरेर गाली गलोज गर्नेहरु आज एक ठाउँमा बसेका छन । प्रधानमन्त्री प्रचण्डसामु चुनौतीका चाङ चुलिएका छन्। उनले ति चुनौतीलाई कसरी पार लगाउन सक्लान भन्ने नै महत्वको बिषय बनेको छ । देशमा राजनीतिक प्रणाली बदलियो । देशमा शासन सत्ता पनि पटक पटक फेरिए। तर राष्ट्रको मुहार भने फेरिएन । देशमा सुशासन आएन। अब प्रधानमन्त्री दाहालले देश कस्तो बनाउने भन्ने बिषयमा गम्भिर भएर सोच्नु पर्ने मौका आएको छ । चुनौति मात्र हेरेर बस्नु हुदैन चुनौति संग अबसर पनि आएको हुन्छ । यो अबसरलाई उनले खेरा फाल्ने काम भने गर्नु हुदैन । मौका आउछ पर्खेर बस्दैन । नेपालमा के छैन ? प्राकृतिक र सांस्कृतिक सम्पदामा विश्वमै सम्पन्न छौं हामी ।

हिमाली खोला–नाला देखि समुद्र बगिरहेका छन। हाम्रो देशलाई त्यसै ‘हरियो वन नेपालको धन’ भनिएको होइन । हाम्रो देशलाई कृषिप्रधान देश भनेर भनिन्छ तर हामी आत्मनिर्भर हुन सकेका छैनौं । बर्सेनि हजारौं युवा पढ्न र काम गर्न भनेर बिदेसिएका छन्। कामको खोजीमा युवा जनशक्ति खाडी र मलेसियामा गएर पसिना बगाउन विवश छन्। अर्थतन्त्र अधोगतिमा छ। हामी नगरेर पछि परेका हौं । हामीले आफनै देशमा सानो तिनो काम मिहिनेत गरेर खान लजाउने गछौं यो नै समस्या हो । कामलाई ठूलो सानो भन्नु हुदैन । काम सबै बरा बर हो । यो सोच राज्यले बनाउनु पर्छ । सबै नेपालीलाई सम्मानजनक काम दिने ब्यवस्था राज्यले मिलाउनु पर्छ । यो राज्यको दायित्व र कर्तब्य दुबै हो ।

भर्खरै प्रकाशित

your adv here