22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeमनोरन्जनसंचारकर्मी राज लुईटेललाई मुम्बईमा ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

संचारकर्मी राज लुईटेललाई मुम्बईमा ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

मुम्वई । नेपाली वरिष्ठ संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड बाट सम्मानित गरिएको छ ।
भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डवाट नेपालका संचारकर्मी लुईटेल सम्मानित बनेका हुन्।

विगत झण्डै दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप संचारकर्मी लुईटेललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल्के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।


५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच संचारकर्मी लुईटेललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजन अभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेलिभिजनका चर्चित सेलिब्रेटीहरुलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।

छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका, तथ्यखबर , राष्ट्रपत्र, ग्यालेक्सिदैनिक,पेजेन्ट नेपाल लगायत संचारमाध्यमका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा.एपिजे अव्दुल कलाम सेवा सम्मान,ईन्टरनेशनल युथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट सम्मानित भईसकेका छन ।

भर्खरै प्रकाशित

your adv here