25.1 C
Kathmandu
Sunday, October 25, 2026
Homeमनोरन्जननायक श्रीदेव अभिनित 'यो माया' सार्वजनिक (भिडियो)

नायक श्रीदेव अभिनित ‘यो माया’ सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं । अभिनेता श्रीदेव  भट्टराईद्वारा अभिनित  नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताप दास तथा श्रद्धा दियालीको स्वरको उक्त यूगल गीतको म्युजिक भिडियोमा अभिनेता भट्टराईलाई मोडल गीता ढुंगानाले साथ दिएकी छिन् । ‘यो माया’ बोल गीत प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको हो । केशव भट्ट उक्त भिडियोका निर्देशक हुन् ।

दुई नयाँ फिल्महरु ‘कुईँनेटो’ तथा ‘चिठी’ को प्रदर्शनको पर्खाइमा रहेका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त मोडलमा पर्छन् ।

कथावस्तु समेटिएका गीतका भिडियोमा अभिनय गरेर दर्शकको मन जित्दै आएका पछिल्लो समय भने रोमान्टिक गीतका भिडियोमा समेत उतिकै देखिन्छन। उनले अभिनय गरेका गीतहरुमध्ये हास्य शैलीको अञ्जु रानी मञ्जु रानी, भावुक शैलीको पीडा, रोमान्टिक गीत तिमी मेरो पूजा, नृत्यपरक गीत सुगर फ्री आदिले दर्शकको मन जितिसकेका छन् । अभिनेता भट्टराई नेपालका अनुशासित कलाकारको अवार्ड पाउने एक्ला कलाकार समेत हुन् ।

भर्खरै प्रकाशित

your adv here