20.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeअवार्डग्यालेक्सि एक्सिलेन्स अवार्ड दोश्रो संस्करण चैत्र १७ गते होटल ह्यायतमा हुदै

ग्यालेक्सि एक्सिलेन्स अवार्ड दोश्रो संस्करण चैत्र १७ गते होटल ह्यायतमा हुदै

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।
केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ । सन् १९८७ मा आफूहरुले संचालन गरेको रियालिटी शो लाई सम्झिदै प्रमुख अतिथि बास्कोटाले अवार्डका किसिमहरु धेरै भएपनि ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ जस्तो महत्त्वपूर्ण अवार्ड र अन्य अवार्डमा धेरै फरक हुने बताए ।
यस्तै, उनले उक्त सँस्थाले आफ्नो पहिलो प्रयास सफल परेकाले आगामी दिनहरूमा पनि राम्रो सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताए ।
यस्तै, उनले उक्त अवार्डलाई विश्वको एक नम्बरमा दर्ज गर्ने उद्देश्यका साथ आफूहरू सकारात्मक भएर लागि परेको र त्यसमा सफल भएरै छाड्ने बताए ।

आज सोमबार भएको उक्त घोषणा समारोहमा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास वोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालीटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्यूजिक भिडियो निर्देशक प्रख्यात गायक संगीतकार शम्भुजित बास्कोटा तथा ईभेन्ट पार्टनरको रुपमा रहेको पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेल, शिक्षाविद् रमा प्याकुरेल, स्वास्थ्य व्यवसायी गोपाल खड्का, युवा समाजसेवी अनिल नगरकोटी, गिता एभियसनका अच्यूत गुरागाई, ग्लोबल टुरिज्म काउन्सिलका प्रमुख धर्मेन्द्र सापकोटा, प्रोजेक्टाइल क्रियसनका प्रमुख सौरभ मल्ल, आयोजक समिति निकिला मिडियाका निर्देशक निकिला न्यौपाने, टाईम्स स्क्वाएरका प्रबन्ध निर्देशक राजन ढकाल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

आयोजक सँस्थाका अनुसार गत वर्ष होटल स्याडिसनमा भएको पहिलो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित जना निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेतालाई आउदो चैत्र १७ गते होटल हायातमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने योजना छ । अवार्डको वेबसाईट निर्माणको तिब्र तयारीमा रहेको अवाको विश्वव्यापी आवेदनका लागि तेश्रो संस्करणदेखि खुल्ला गरिने छ । देशका मात्र नभई विश्व व्यापी ख्याती कमाएका व्यत्तित्वको आवेदनको आधारमा अवार्डका लागि छनौट गरिने छ ।

भर्खरै प्रकाशित

your adv here