10.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeआर्थिक११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक तथा सम्मान कार्यक्रम

११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक तथा सम्मान कार्यक्रम

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम  सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ”डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी” भन्ने नाराका साथ  शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम माझ विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरुलाई सम्मानित गरियो । सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली , आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरि सांस्कृतिक कार्यक्रम अन्तर्गत शुसिला आर्टस् एकेडेमीका कलाकारहरुले रिदम र सोल थिममा आधारित रही सांगितिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी माननिय सदस्य कृष्णकुमारी पौडेल खतिवडाले नेपाल सामाजिक संरचनामा विविधतापूर्ण रहेको उल्लेख गर्नुहुँदै महिलाहरु हिंसामा प्रभावित भएको घटना बढदै गएको जानकारी दिनुभयो । उहाँले महिलाहरु जूगौदेखी उत्पिडनमा पर्दै आएकोमा आधुनिक विश्वमा अगाडि बढन सहज देखिएता पनि घर परिवारकै साथ नपाउदा महिलाहरुलाई हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको बताउनुभयो । राजनीतिक दलका नेताहरु जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरु समेत अवसरबाट बन्चित हुनुपरेकोमा रोष प्रकट गर्नुहुँदै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको उहाँले जिकिर गर्नुभयो ।

साथै, उहाँले महिला आयोग महिलाहरुलाई हर क्षेत्रमा अगाडि बढाउन सकृय रहेको उल्लेख गर्नुहुँदै महिलाको आर्थिक सशक्तिकरणका निम्ती प्रभावकारी रुपमा अघि बढेको नेपाल महिला चेम्बरसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसैगरि नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरु पछाडी पारिएको जिकिर गर्नुहुँदै उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक -सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अग्रवालले पुरुषका तुलनामा महिलाहरुले कम ज्याला दिने गरिएको उल्लेखसहित यस्ता किसिमको विभेदको अन्त्य गर्नुपर्ने राय पेश गर्नुहुँदै डिजीटल प्रविधिमा महिलाहरुलाई अगाडि ल्याई समय सापेक्ष रुपमा प्रतिस्पर्धात्मक बनाउन आवश्यक रहेको औल्याउनुभयो ।

साथै, उहाँले महिला चेम्बरले बर्षभरि नै महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आएको उल्लेख गर्दै महिला सशक्तिकरणको क्षेत्रमा संस्थाले पुर्याएको योगदान अतुलनिय  रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले  महिलाहरुलाई अघि बढन हौसला मिल्ने बताउनुहुँदै विश्वभरमा अधिकाँश महिलाहरु विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन वाध्य रहेको उल्लेख गर्नुभयो ।अध्यक्ष श्रेष्ठले महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम  प्रतिनिधित्व अर्थपूर्ण हुने बताउनुभयो । महिलाहरु अझै पनि हिँसामा पर्नेगरेको घटनाको स्मरण गर्नुहुँदै उहाँले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोड समेत दिनुभयो ।अध्यक्ष श्रेष्ठले महिलाहरुबाट संचालित कतिपय उद्योग व्यवसाय कोभिड पस्चात धरासायी हुँदा पलायन हुने अवस्था रहेको उल्लेख गर्नुहुँदै महिलाहरुलाई लक्षित गरि क्षमता अभिब्रिद्धीका कार्यक्रम, सहुलियतपूर्ण कर्जा, कर छुटको व्यवस्था गर्न राज्य समक्ष आग्रह समेत गर्नुभयो । साथै उहाँले आर्थिक बिकासका लागी उद्योग र रोजगारीको क्षेत्रमा महिलाहरुलाई प्राथमिकता दिनुपर्ने राय समेत पेश गर्नुभयो ।

नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुँदै देशको अर्थतन्त्र खस्केको चित्रणसहित उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गर्नुको विकल्प नरहेको बताउनुभयो । अधिकारीले कृषि वस्तुको आयातमा रोक लगाई उत्पादनशिल क्षेत्रलाई बढवा दिनुपर्नेमा जोड दिदै कुल गार्हस्थ उत्पादनमा योगदान पुर्याउन सबैको योगदानको खांचो रहेको औल्याउनु भयो ।साथै उहाँले  महिलाहरुलाई अवसर दिनुपर्नेमा जोड दिदै महिला चेम्बरले महिलाहरुको सर्वाङगिण हितका निम्ती कार्य गर्दै आएको बताउनुभयो ।

भर्खरै प्रकाशित

your adv here