23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जनसंगीतकार राजेन्द्र बजगाईको नेतृत्वमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान

संगीतकार राजेन्द्र बजगाईको नेतृत्वमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् ।
दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेति, महासचिवमा संगीतकार दिपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा भद्र बहादुर वली, महेन्द्र चन्द (माइकल), भुवन बहादुर नेपाली, पुस्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेति, सबिन सुबेदी, बेनिशा पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।
खानेपानी मन्त्री  अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई सहयो पु¥याउने बभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । प्रेस सल्लाहकार समेत रहेका तथा संस्थाको नामकरण गर्ने पत्रकार बिष्णु प्रसाद सुबेदी सहित सञ्चार माध्यमबाट सहयोग पु¥याएका पत्रकारहरु कुबेर गिरी, रघुनाथ सापकोटा, बाबुराम सिग्देल, गिता अधिकारी, सानु श्रेष्ठ, कृष्ण भुषाल, राज लुइटेल लगायतलाई पनि सम्मान गरिएको छ । यस्तै कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहयोग पु¥याएका अन्य श्रष्टा तथा प्रस्तोताहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका संरक्षक बरिष्ठ कला साधक तथा बरिष्ठ चिकित्सक डा. भोला रिजालले संस्थाको उद्देश्य मन परेर आफुले संरक्षकत्व प्रदान गरेको जनाए । उनले संस्थालाई सही मार्गमा हिड्न सदैव आफ्नो अभिभावकिय भूमिका रहने पनि बताएका छन् ।
यस्तै खानेपानी मन्त्री खानले आफु पहिले देखि नै कला प्रेमी रहेको बताउँदै आफ्नो ब्यक्तिगत तथा मन्त्रालय र नेपाल सरकारका तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको जनाएका छन् ।
कार्यक्रममा पत्रकार सुबेदी, बरिष्ठ संगीतकार टिका भण्डारी, संस्थाका कानुनी सल्लाहकार राजेन्द्र शर्मा, अधिवत्ता गीता पोखरेल र संस्थाका सल्लाहकार माधव खरेलले संस्थाको आर्थिक विकासका लागि जनही १० हजार सहयोग प्रदान गरेका थिए । यस्तै संरक्षक डा रिजालले २५ हजार सहयोग प्रदान गरेका छन् ।
संगीतकार संघका अध्यक्ष चेतन सापकोटा, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, बरिष्ठ गायक रामकृष्ण ढकाल, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ संगीतकार टिका भण्डारीलगायतले आ–आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै बिभिन्न ब्यक्तिहरुले संस्था जन्माउनु मात्र प्रमुख कुरा नभएर यसले कसरी काम गर्छ भन्ने महत्वपूर्ण भएको जनाए । कला क्षेत्रमा थुप्रै संस्थाहरु रहेको भन्दै ति सबैभन्दा फरक र अब्बल हुन नवनिर्वाचित कार्यसमितिलाई सुझाव समेत दिएका छन् ।
कार्यक्रममा महासचिव दिपक शर्माले संस्था स्थापना देखि हालसम्म भएगरेका काम बारे जानकारी गराएका थिए । यस्तै अध्यक्ष बजगाईले संस्था स्थापनको उद्देश्य देखि आगामी कार्ययोजनाका बारे प्रष्ट पारेका थिए ।

भर्खरै प्रकाशित

your adv here