24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जनशम्भूजीतको सङ्गीत तथा रामकृष्णको स्वरमा ‘माया हुन्छ भनन’(भिडियो)

शम्भूजीतको सङ्गीत तथा रामकृष्णको स्वरमा ‘माया हुन्छ भनन’(भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा विशिष्ट सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ  । कार्यक्रममा गायक रामकृष्ण ढकालले केही लाइभ गीत गाउदा उपस्थित व्यक्तिबाट वान्स अगेन र हुटिंङगर्दै  रमाइलो गरेका थिए ।

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर हुनुहुन्छ ।

भर्खरै प्रकाशित

your adv here