22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeमनोरन्जनशम्भूजीतको सङ्गीत तथा रामकृष्णको स्वरमा ‘माया हुन्छ भनन’(भिडियो)

शम्भूजीतको सङ्गीत तथा रामकृष्णको स्वरमा ‘माया हुन्छ भनन’(भिडियो)

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा विशिष्ट सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ  । कार्यक्रममा गायक रामकृष्ण ढकालले केही लाइभ गीत गाउदा उपस्थित व्यक्तिबाट वान्स अगेन र हुटिंङगर्दै  रमाइलो गरेका थिए ।

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर हुनुहुन्छ ।

भर्खरै प्रकाशित

your adv here