32.4 C
Kathmandu
Tuesday, April 21, 2026
Homeअवार्डएएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल’

एएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल’

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’ को अन्तिम स्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्ड दिपिशा कार्की र मस्ट पपुलर अवार्ड नुनुम्सा राइले हात पारिन।

प्रनिमा दाहालले संचालन गर्नुभएको उक्त प्रतियोगितामा निर्णायकको रुपमा गायनतर्फ बिनोद ढकाल र रमेश पाठक थिए भने नृत्यतर्फ तुलशा कटुवाल र सरिता साह रहेका थिए। उक्त प्रतियोगिता बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत चार वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका सिईओ लव बहादुर कार्कीले जनाए । कार्यक्रमको व्यबस्थापन लोमस कार्की तथा लविस कार्कीले गरेका थिए भने शम्भु रेग्मिले कोअर्डिनेटरको भूमिका निर्वाह गरेका थिए ।

भर्खरै प्रकाशित

your adv here