25.1 C
Kathmandu
Sunday, October 25, 2026
Homeअवार्डएएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल’

एएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल’

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’ को अन्तिम स्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्ड दिपिशा कार्की र मस्ट पपुलर अवार्ड नुनुम्सा राइले हात पारिन।

प्रनिमा दाहालले संचालन गर्नुभएको उक्त प्रतियोगितामा निर्णायकको रुपमा गायनतर्फ बिनोद ढकाल र रमेश पाठक थिए भने नृत्यतर्फ तुलशा कटुवाल र सरिता साह रहेका थिए। उक्त प्रतियोगिता बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत चार वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका सिईओ लव बहादुर कार्कीले जनाए । कार्यक्रमको व्यबस्थापन लोमस कार्की तथा लविस कार्कीले गरेका थिए भने शम्भु रेग्मिले कोअर्डिनेटरको भूमिका निर्वाह गरेका थिए ।

भर्खरै प्रकाशित

your adv here