24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeआर्थिकएनआरएनए जापानको अध्यक्षमा संगीता अधिकारीको उम्मेद्वारी

एनआरएनए जापानको अध्यक्षमा संगीता अधिकारीको उम्मेद्वारी

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि संगीता अधिकारी सुवेदीले उमेद्वारी घोषणा गर्नुभएको छ । यही ३० जुलाईमा हुने निर्वाचनमा उहाँले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ ।’ उहाँले आफूले दुई वर्षे कार्यकालमा उपाध्यक्षका रुपमा निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले पनि आफूलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन जापान र यहाभएका हामी नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको छु । तिनिहरूलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने ९भिजन० लिएर म आएको छु । जापानमा नेपालीको नयाँ पुस्ता तयार भइरहेको छ । हामी पछाडीको त्यो पुस्तालाई हामीसँगै हिडाउने चुनौति हाम्रो अगाडी छ । यदी साच्चीकै जापानमा नेपालीहरूको लागि कार्य गर्ने हो भने वा जापानमा सधै नेपाली भएर बाच्ने हो भने यो तन्नेरी पुस्तालाई मूल प्रवाहमा ल्याउन अत्यन्तै जरुरी छ । नेपाल र नेपालीको पहिचान, संस्कृती र सभ्याताको उनीहरूमा हस्तान्तरण मात्र होइन, उनीहरूमार्फत त्यसको सम्बर्धन तथा संरक्षण गर्नुपर्ने हुन्छ । गैर आवासीय नेपालीको अभियानमा विविध कारणले म युवाहरूसँग धेरै जोडिएको छु ।

मेरो पुस्ता भन्दा माथिल्लो पुस्ता अर्थात जापानमा भएको पाको नेपाली पुस्ताको आर्सिवाद मलाई प्राप्त छ । मेरो पुस्ताका तमाम साथीहरूसँग त म काम गरिरहेको छु अतः म सबै पुस्ताका नेपालीहरूसँग जोडिएको तिनीहरूको सही अर्थमा प्रतिनिधित्व गर्न सक्षम ब्याक्ति हुँ । मैले गैर आवासीय नेपाली संघ जापानका अग्रजहरू, यहाँका बौद्धिक तथा ब्यावसायिक व्यक्तित्वहरूको सल्लाह र सुझावलाई सदा सिरोपर गर्दै कार्यगर्ने छु । म एक इमानदार, कर्तव्यनिष्ठ सेवकको रुपमा नेपालीहरूको बीचमा कार्य गर्न पाउने आशाका साथ आएको छु ।’

भर्खरै प्रकाशित

your adv here