24.1 C
Kathmandu
Wednesday, March 11, 2026
Homeआर्थिकएनआरएनए जापानको अध्यक्षमा संगीता अधिकारीको उम्मेद्वारी

एनआरएनए जापानको अध्यक्षमा संगीता अधिकारीको उम्मेद्वारी

Date:

सम्बन्धित खबर

अहंकारको आसन ढल्यो..

२२ फागुन, पोर्चुगल l  चारपटक प्रधानमन्त्री बनिसकेका नेकपा एमालेका...

सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी...

पिक प्वाइन्टएजुकेशन नेटवर्कको मेगा इभेन्ट्स : नृत्य, गायन र व्यक्तित्व विकासको भव्य मञ्च

काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा...

इनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को...
spot_img

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि संगीता अधिकारी सुवेदीले उमेद्वारी घोषणा गर्नुभएको छ । यही ३० जुलाईमा हुने निर्वाचनमा उहाँले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ ।’ उहाँले आफूले दुई वर्षे कार्यकालमा उपाध्यक्षका रुपमा निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले पनि आफूलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन जापान र यहाभएका हामी नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको छु । तिनिहरूलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने ९भिजन० लिएर म आएको छु । जापानमा नेपालीको नयाँ पुस्ता तयार भइरहेको छ । हामी पछाडीको त्यो पुस्तालाई हामीसँगै हिडाउने चुनौति हाम्रो अगाडी छ । यदी साच्चीकै जापानमा नेपालीहरूको लागि कार्य गर्ने हो भने वा जापानमा सधै नेपाली भएर बाच्ने हो भने यो तन्नेरी पुस्तालाई मूल प्रवाहमा ल्याउन अत्यन्तै जरुरी छ । नेपाल र नेपालीको पहिचान, संस्कृती र सभ्याताको उनीहरूमा हस्तान्तरण मात्र होइन, उनीहरूमार्फत त्यसको सम्बर्धन तथा संरक्षण गर्नुपर्ने हुन्छ । गैर आवासीय नेपालीको अभियानमा विविध कारणले म युवाहरूसँग धेरै जोडिएको छु ।

मेरो पुस्ता भन्दा माथिल्लो पुस्ता अर्थात जापानमा भएको पाको नेपाली पुस्ताको आर्सिवाद मलाई प्राप्त छ । मेरो पुस्ताका तमाम साथीहरूसँग त म काम गरिरहेको छु अतः म सबै पुस्ताका नेपालीहरूसँग जोडिएको तिनीहरूको सही अर्थमा प्रतिनिधित्व गर्न सक्षम ब्याक्ति हुँ । मैले गैर आवासीय नेपाली संघ जापानका अग्रजहरू, यहाँका बौद्धिक तथा ब्यावसायिक व्यक्तित्वहरूको सल्लाह र सुझावलाई सदा सिरोपर गर्दै कार्यगर्ने छु । म एक इमानदार, कर्तव्यनिष्ठ सेवकको रुपमा नेपालीहरूको बीचमा कार्य गर्न पाउने आशाका साथ आएको छु ।’

भर्खरै प्रकाशित

your adv here