23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeअवार्डमिसेस नेपाल वल्र्डको प्रतियोगिताका लागि आवेदन खुला

मिसेस नेपाल वल्र्डको प्रतियोगिताका लागि आवेदन खुला

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

विवाहित महिलाहरूका बीच आयोजना गरिँदै आएको बिबाहित नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस बर्ष पनि मिसेस नेपाल वल्र्डको बिजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने समेत उनले जानकारी गराए। यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन। प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिनेछ भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ। आयोजक संस्थाका अनुसार मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ। त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको बिजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताको लागि अवसर मिलाइएको छ। मिसेस वल्र्डमा गत डिसेम्बरमा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिईन। यस वर्ष मिसेस वल्र्डमा नेपालको तर्पmबाट दोश्रो सहभागिता हुनेछ। अडिसनबाट चयन भई प्रतियोगितामा सहभागी विबाहित सुन्दरीहरुलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् भने विभिन्न विषयका विज्ञहरुबाट नियमित तालिम र प्रशिक्षण दिइनेछ। गंगा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भाद्र १८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ। प्रतियोगिताका अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल तथा गत वर्ष अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस इन्टरनेशनलको उपाधिबाट सम्मानित गरिएको थियो भने यस वर्ष पनि फिल्म क्षेत्रको एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्।

भर्खरै प्रकाशित

your adv here