22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeअवार्डमिसेस नेपाल वल्र्डको प्रतियोगिताका लागि आवेदन खुला

मिसेस नेपाल वल्र्डको प्रतियोगिताका लागि आवेदन खुला

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

विवाहित महिलाहरूका बीच आयोजना गरिँदै आएको बिबाहित नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस बर्ष पनि मिसेस नेपाल वल्र्डको बिजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने समेत उनले जानकारी गराए। यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन। प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिनेछ भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ। आयोजक संस्थाका अनुसार मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ। त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको बिजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताको लागि अवसर मिलाइएको छ। मिसेस वल्र्डमा गत डिसेम्बरमा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिईन। यस वर्ष मिसेस वल्र्डमा नेपालको तर्पmबाट दोश्रो सहभागिता हुनेछ। अडिसनबाट चयन भई प्रतियोगितामा सहभागी विबाहित सुन्दरीहरुलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् भने विभिन्न विषयका विज्ञहरुबाट नियमित तालिम र प्रशिक्षण दिइनेछ। गंगा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भाद्र १८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ। प्रतियोगिताका अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल तथा गत वर्ष अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस इन्टरनेशनलको उपाधिबाट सम्मानित गरिएको थियो भने यस वर्ष पनि फिल्म क्षेत्रको एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्।

भर्खरै प्रकाशित

your adv here