24.1 C
Kathmandu
Monday, September 21, 2026
Homeमनोरन्जनराज मेकअप स्टुडियोले तिजको अवसरमा नारी सम्मान गर्ने

राज मेकअप स्टुडियोले तिजको अवसरमा नारी सम्मान गर्ने

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २५ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।

वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्‍ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो ।
लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मनोरन्जनात्मक एवं तिज विशेष दर समेत खुवाउने व्यबस्था गरिएको छ । दक्ष ईन्टरनेशनलको सहकार्य रहने कार्यक्रम दिउसो २ः३० देखि शुरु हुनेछ । कार्यक्रममा सहभागी हुन ईच्छुक महिलाहरुले राज मेकअप स्टुडियोको फोन नंः ९८५१२१०६६७ मा कल गरेर सम्पर्क राख्न सकिने छ ।

भर्खरै प्रकाशित

your adv here