22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeमनोरन्जनराज मेकअप स्टुडियोले तिजको अवसरमा नारी सम्मान गर्ने

राज मेकअप स्टुडियोले तिजको अवसरमा नारी सम्मान गर्ने

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २५ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।

वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्‍ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो ।
लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मनोरन्जनात्मक एवं तिज विशेष दर समेत खुवाउने व्यबस्था गरिएको छ । दक्ष ईन्टरनेशनलको सहकार्य रहने कार्यक्रम दिउसो २ः३० देखि शुरु हुनेछ । कार्यक्रममा सहभागी हुन ईच्छुक महिलाहरुले राज मेकअप स्टुडियोको फोन नंः ९८५१२१०६६७ मा कल गरेर सम्पर्क राख्न सकिने छ ।

भर्खरै प्रकाशित

your adv here