24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeविषेश समाचारगायक युनिक केसीको ‘बाबा’ सार्वजनिक(भिडियो)

गायक युनिक केसीको ‘बाबा’ सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् ।
बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र कर्म दिने सवै बुवा प्रति समर्पित गर्दै शव्द कोरेका छन ।
म्युजिक भिडियोमा बालक छोरालाई एउटा बावुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ ।

भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बावुको भूमिकामा देखा परेका छन भने उनलाई गीता अधिकारी,रुपेश लामा र आलोक चौरेलीले अभिनयमा साथ दिएका छन । संजय अधिकारीको कलर/ सम्पादन रहेको भिडियोलाई उत्तम हुमागांई टिमको छायांकन रहेको छ ।
समाजसेवामा सक्रिय गायक केसीका केहि गीतहरु बजारमा आउने तयारीमा रहेको छ ।

‘सानैदेखि गीत संगीतमा रुची भए पनि समय अभाव र कार्य व्यस्तताले दर्शक श्रोताका नजरमा पर्न सक्ने गीतहरु बजारमा ल्याउन पाएको थिईन, अव यसलाई निरन्तरता दिनेछु’ उनी भन्छन । दर्शक श्रोताका चाहना अनुसारका गीतहरु ल्याउने छु ‘उनले भने ।

भर्खरै प्रकाशित

your adv here